Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १४ पुष । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।

ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाको विरोध गर्दै शनिबार मन्त्रीक्वाटर पुल्चोकमा प्रदर्शन गर्न पुगेका नेविसंघसम्बद्ध विद्यार्थी नेताहरूले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन् ।

गृहमन्त्रीले शान्ति सुव्यवस्था कायम गर्न नसकेको पनि उनीहरूले आरोप लगाएका छन् । उनीहरूले करिब आधा घण्टा पुल्चोकमा चक्काजाम पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *