काठमाडौँ, १४ पुष । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीले दमन गरेको भन्दै विरोध प्रदर्शन भएको छ । शनिबार माइतीघरमा अभियन्ताहरूले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका हेमराज ढकाललगायतका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बालकुमारीमा भएको घटनामा दुई जनाको मृत्यु भएको थियो ।
शनिबार बिहान नेविसंघले पनि गृहमन्त्रीको राजीनामा माग गर्दै मन्त्री क्वार्टर अगाडि प्रदर्शन गरेको थियो ।