Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १५ पुष । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाइरहेको छ । पुस १५ गते गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छ । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछ ।

यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *