Samajik Feed – News Portal from Nepal

ढाका । बंगलादेश–नेपाल बस सेवा सञ्चालन गर्ने तयारी भएको छ । बंगलादेश रोड ट्रान्सफोर्ट कर्पोरेसन (बीआरटीसी) ले नेपाल र भारतमा चारवटा नयाँ अन्तर्राष्ट्रिय रुटको बस सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

सस्तो हुने भएकाले धेरै मानिस बसमा यात्रा गर्न इच्छुक देखिएकाले यस्तो योजना बनाइएको हो । बीआरटी अधिकारीहरूका अनुसार चार नयाँ रुटहरूमा चट्टोग्राम–कोलकाता, ढाका–गान्टोक (सिक्किम), बारिसाल–कोलकाता र ढाका–नेपाल रहेका छन् ।

बीआरटीसीले सन् २०१८ मा नै ढाका–नेपाल रुटबारे सर्वेक्षण गरेको थियो । दुईवटा बसमा ८० जना प्रतिनिधि बोकेर परीक्षण यात्रा गरिएको थियो । तर, यसको सुरुवात भने हुन सकेको थिएन । ‘ढाका–नेपाल बस रुटमा कुरा धेरै अघि बढे पनि केही समय लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *