Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १५ पुष । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शनिबार भएको केन्द्रीय समिति बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको हो ।

आइतबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन गरेर जाने निर्णय भएको जानकारी दिएका हुन् ।

त्यस्तै बैठकले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्तिहरू र समुदाय तथा भूगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णयसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *