काठमाडौँ, १४ पुष । काठमाडाैँमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीले बुढानीलकण्ठ नगरपालिका-२ भंगाल बस्ने उदयपुरका २४ वर्षीय दिलबहादुर तामाङलाई पक्राउ गरेको हो ।
उनलाई शुक्रबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । ती किशोरीसँग भंगालस्थित कालिका पार्कमा जबरजस्ती करणी भएको पनि प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।