Samajik Feed – News Portal from Nepal

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सामाजिक फीडजनकपुरधाम, चैत्र १५ गते । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुदा एकयुवकको मृत्यु भएको छ। बिहीबार बिहान करिब साढे ३ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९ नयाँ रोडमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएका छन् । दुर्घटनामा चालकको मृत्यु हुँदा मोटरसाइकलमा सवार अर्का एक युवक गम्भीर घाइते भएको सर्लाही प्रहरीले जनाएको छ। […]

रौतहटमा घरायसी झगडामा श्रीमान्‌ले गरे श्रीमतिको हत्या

सामाजिक फीडजनकपुरधाम, चैत्र १५ गते । रौतहटमा श्रीमान्‌ले हँसिया प्रहार गरि श्रीमतिको हत्या गरेका छन । वृन्दावन नगरपालिका १ मा बुधबार घरायसी झगडाका कारण श्रीमान्‌ले श्रीमतिको हत्या गरेको प्रहरीले जनाएको छ । वृन्दावनको बलरी गाउँस्थित तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले हँसियाले गर्धनमा प्रहार गर्दा श्रीमती ३५ वर्षीया सोतीमाया वाइबाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी […]

कर्जन्हाका पूर्वमेयर गंगा पासवानसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक फीड, काठमाडौँ, १४ चैत्र । सिरहाको कर्जन्हा नगरपालिकाकाका तत्कालीन नगर प्रमुख गंगा पासवानसहित पाँच जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालनी नगर प्रमुख पासवान, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा प्रशासनिक भवन निर्माणका […]

रमेश खरेलद्वारा रास्वपा परित्याग

सामाजिक फीड, काठमाडौँ, १४ चैत। पूर्वडीआईजीसमेत रहेका नेता रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका छन् । नेता खरेलले बुधबार राजीनामा बुझाएका हुन् । गत चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए । यसलाई लिएर रास्वपाले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण […]

विराटनगर भन्सारका तत्कालीन अधिकृत सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक फीड, काठमाडौँ, १३ चैत्र । विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत ताराप्रसाद सापकोटालगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सारका तत्कालीन प्रमुख सापकोटा र भन्सार अधिकृत नकुल शर्माविरुद्ध ८४ लाख ५५ हजार ६ सय ५ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । यस्तै देव इन्टरनेशन प्रालिका […]

आयरल्यान्ड वल्भ्सविरुद्धको टी–२० सिरिज नेपालले जित्यो

सामाजिक फीड, काठमाडौँ, १३ चैत । आयरल्यान्ड वल्भ्सविरुद्ध दुई खेलको टी–२० सिरिज नेपालले जितेको छ । नेपालले आयरल्यान्ड वल्भ्सलाई २–० ले सिरिज आफ्नो पक्षमा पारेको हो । मंगलबार कीर्तिपुर क्रिकेट मैदानमा भएको दोश्रो खेलमा नेपालले आयरल्यान्डलाई ७१ रनले हराएको छ । नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा वल्भ्स १९ औँ ओभरमा […]

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

सामाजिक फीड, बाँके, १३ चैत्र । बाँकेको कोहलपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सोमबार राति कोहलपुर नगरपालिका–१४ बस्दै आएका २२ वर्षीय अनिल विकले २१ वर्षीया श्रीमती सुशीला सुनारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । आपसी विवादमा हत्या भएको प्रहरीले जनाएको छ। बर्दियाको बाँसगढी घर भएका अनिल दम्पती बाँकेको कोहलपुर–१४ पार्वतीपुरमा बस्दै आएका […]

राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी महबुबसहित पाँच जनाले पाए सफाइ

सामाजिक फीड, काठमाडौँ, १२ चैत्र । स्पट फिक्सिङको आरोप लागेका राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई अदालतले सफाइ दिएको छ । सोमबार जिल्ला अदालत काठमाडौँले आलमसहित अलराउन्डर आदिल अन्सारीलगायतलाई सफाइ दिएको हो । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरूमाथि स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको छ । उनीहरूलाई गत वर्ष काठमाडौँमा भएको नेपाल टी-२० […]

पशु सेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त प्रमुख डा. यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक फीड, काठमाडौँ, १२ चैत्र । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त प्रमुख डा. सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा‍. यादवसहित तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी, चक्रघट्टा गाउँपालिका-९ का तत्कालीन वडाध्यक्ष रामईश्वर ठाकुर लोहार, आम्रपाली सहकारीका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष […]

नेपालसँग आयरल्याण्ड वोल्भ्स ६ विकेटले पराजित

सामाजिक फीडजनकपुरधाम, चैत्र १२ गते। नेपालले आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको छ । आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६।१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । घरेलु टोलीका लागि ओपनर कुशल भुर्तेल ३७ र दिपेन्द्र सिंह ऐरी २० रनमा नटआउट रहे। कुशलले ३२ बलमा चार चौका हाने। दिपेन्द्रले १२ बलमा १ […]