देवनारायण मण्डल: मिथिला क्षेत्रको प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणमा उदाहरणीय योगदान

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम जनकपुरधामको उत्तरपूर्वमा १२ किलोमिटरको दूरीमा अवस्थित मिथिला विहारी नगरपालिका-२ पुरनदहामा नयाँ पर्यटन गन्तव्य ‘कल्चरल भिलेज’ सुरू गरिएको छ। यहाँको वातावरण, मौलिक खानपान र ग्रामीण परिवेशले आगन्तुकहरूलाई निकै आकर्षित गर्दैछ। सहरको भीडभाडबाट बाहिर परेका मानिसहरू यहाँ पुग्दा मिथिला र मधेशको परम्परागत रहन-सहनसँगै स्वादिष्ट स्थानीय परिकारहरूको अनुभव गर्न सक्छन्। मिथिला क्षेत्रको पहिचान […]
अध्यक्ष उपेन्द्र यादव: दलाल पुँजीवादले नेपालमा अर्थतन्त्र र लोकतन्त्र ध्वस्त

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालमा दलाल पुँजीवाद संस्थागत भएको आरोप लगाएका छन्। सिरहामा ‘जनतासँग जसपा नेपाल’ अभियानको क्रममा अध्यक्ष यादवले मंगलबार लहानमा आयोजित कार्यक्रममा राज्यसत्ताको दुरुपयोग गर्दै दलाल र बिचौलियाहरूले बिना लगानी करोडौं रुपैयाँ कमाइरहेको बताउँदै यो प्रवृत्ति संस्थागत भएको गम्भीर दाबी गरे। […]
भारत र रुसको व्यापारिक सम्बन्धले भारतलाई पश्चिमी देशको दबाबमा पार्दै

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम युक्रेन युद्धका कारण रुसमाथि लगाइएका प्रतिबन्धहरूको प्रभाव भारतसम्म पुग्न थालेको छ। युरोपेली संघ (ईयू) ले रुसको ‘श्याडो फ्लिट’ तथा संवेदनशील प्रविधि आपूर्ति गर्ने कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरू लागू गरेको छ। ईयूको नयाँ प्रतिबन्धको प्रभाव ईयूले प्रतिबन्धको १५ औं प्याकेजमार्फत रुसका साथै भारत, चीन, इरान, र यूएईका केही कम्पनीलाई समेत […]
सिरहामा सवारी दुर्घटनामा कमी, तर मृत्युदर घटाउन चुनौती

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सिरहा जिल्लामा २५५ सवारी दुर्घटना भएका छन् जसमा २२ जनाले ज्यान गुमाएका छन् भने ४५७ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुर्घटनाको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम देखिए पनि मृत्यु हुनेको संख्या बढेको छ। गत आर्थिक वर्षको प्रथम चौमासिकमा १५ […]
नेकपा एकीकृत समाजवादीले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गर्यो

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । नेकपा एकीकृत समाजवादीले पहिलोपटक २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ। पार्टीको हालै सम्पन्न स्थायी समिति बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय गठन गरेको हो। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार सचिवालयमा केन्द्रीय अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरू, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरू गरी २४ जना सदस्य छन्। यसअघि पदाधिकारी […]
नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा: विजेताले पाउने १ करोड १० लाख

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का लागि पुरस्कारको घोषणा गरेको छ। क्यानका अनुसार, विजेता टोलीलाई १ करोड १० लाख रुपैयाँको पुरस्कार प्रदान गरिने छ। उपविजेता टोलीलाई ५१ लाख, तेस्रो स्थानमा रहने टोलीलाई २५ लाख र चौथो स्थानमा रहने टोलीलाई १५ लाख रुपैयाँ पुरस्कार प्राप्त हुनेछ। […]
गृह मन्त्रालयले सातै प्रदेशका सचिवसँग सुरक्षा चुनौतीहरूमा छलफल, सुरक्षा सुधारको योजना बनाइयो

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । गृह मन्त्रालयले सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवहरूमार्फत देशभरको शान्ति, सुरक्षाको स्थिति र चुनौतीबारे ब्रिफिङ लिएको छ । बागमती प्रदेशले संयोजन गरेको शान्ति, सुरक्षा र विपद् व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश कार्यशालाको सन्दर्भमा भेला भएका सचिवहरूसँग मन्त्रालयले सुरक्षा चुनौतीबारे जानकारी लिएको हो ।मन्त्रालयका अधिकारीहरूका अनुसार प्रदेशबाट प्राप्त सुरक्षा […]
नेपाल ई रिक्सा मजदुर संगठन धनुषा बैठक सम्पन्न

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । नेपाल ई रिक्सा मजदुर संगठन धनुषाले बैठक सम्पन्न गरेको छ, जसमा संगठनका सदस्यहरुले आगामी दिनहरुमा बाहृ बिघामा ई रिक्सा स्टेन्ड व्यवस्थापन र सरसफाई कार्यक्रमको बारेमा छलफल गरेका छन्। बैठकमा मुख्य रुपमा ई रिक्सा चालकहरुको सुविधा र सडक व्यवस्थापनका लागि आवश्यक कदमहरू उठाउने विषयमा विचार विमर्श भएको हो। संगठनका अध्यक्षले […]
मधेश प्रदेशमा स्वास्थ्य बीमाको पहुँच विस्तार गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक : सहभागीहरू

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । मधेश प्रदेशमा स्वास्थ्य बीमाको पहुँचलाई प्रभावकारी बनाउन तीनै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा जनकपुरधाममा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले उक्त कुरा बताएका हुन्। नेपाल सरकारले विपन्न नागरिकका लागि सञ्चालन गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम मधेश प्रदेशको कुनै पनि जिल्लामा […]
एसीसी यू-१९ महिला एसिया कप: नेपाल आज भारतसँग प्रतिस्पर्धा गर्दै

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । मलेसिया, बायुमास ओभल – एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ। खेल नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे मलेसियाको बायुमास ओभलमा सुरु हुनेछ। यसअघि समूह ‘बी’ अन्तर्गत हिजो भएको खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै सुपर ४ मा स्थान […]