Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन १८ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीबिरपुरबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले हवाई फायर गर्नुपरेको हो ।

पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–१ का विशाल राय र डाक्नेश्वरी नगरपालिका–७ का मनोज राय रहेका छन् ।
सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीका अनुसार उनीहरुको साथबाट सय ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गरिएको छ ।

“प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न खोजे, त्यसैले दुई राउण्ड हवाई फायर गरेर नियन्त्रणमा लिनुप¥यो,“ केसीले भने ।

हाल घटनास्थल वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *