Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन २३ गते ।

सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ कटैयाका ४२ वर्षीय शम्भुकुमार इसर रहेका छन् ।

जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार आज बिहान इसर गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा करेन्ट लागेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको डिएसपी बस्नेतले बताए । घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *