Skip to main content

कुटपिटपछि साडीले झुन्ड्याएर श्रीमतीको हत्या गर्न खोज्ने युवक पक्राउ

सामाजिक फीड– जनकपुरधाम, साउन १२ गते । सर्लाहीको बागमती नगरपालिका-५ टेकानीस्थित ससुरालीमा आफ्नै श्रीमतीमाथि कुटपिट गरी साडीको पासो लगाएर हत्या गर्ने प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकौल गाउँपालिका-१ शेखौना निवासी २१ वर्षीय बसन्ता बैठा धोबी रहेका छन्। प्रहरीले जनाएअनुसार सोमबार राति करिब ८ बजे उनले आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरेपछि […]

मधेसमा बढ्यो अपराधका मुद्दा, आर्थिक अपराधमा सबैभन्दा ठूलो उछाल

सामाजिक फीड– जनकपुरधाम, साउन ८  गते । मधेस प्रदेशमा अपराधसँग सम्बन्धित मुद्दाको संख्या निरन्तर बढ्दै गएको देखिएको छ। प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२र८३ मा प्रदेशका आठ जिल्लामा १० हजार ७५० वटा मुद्दा दर्ता भएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१र८२ को तुलनामा १ हजार १५१ ९करिब १२ प्रतिशत० ले बढी हो। आर्थिक वर्ष […]

धनुषामा एकै दिन ४४ जना फरार प्रतिवादी पक्राउ, सबैलाई जेल पठाइँदै

सामाजिक फीड– जनकपुरधाम, साउन ७ गते । धनुषा प्रहरीले अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका ४४ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत उनीहरूलाई बुधबार जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार फरार प्रतिवादीको खोजतलासका […]

धान रोपाइँ गर्न भारतबाट मल ल्याउन गएका सर्लाहीका दुई किसान २१ दिनदेखि जेलमा, जेलबाट निकाल्न बालेन सरकारले बेवास्ता गरेको आरोप

सामाजिक फीड– जनकपुरधाम, साउन ६ गते । नेपाली बजारमा मल नपाएपछि आफ्नै खेतमा धान रोपाइँका लागि मल ल्याउन पुगेका सर्लाहीका दुईजना किसान २० दिनदेखि भारतीय जेलमा थुनिएका छन्। बलरा नगरपालिका-५ का ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंह आफ्नै साढे दुई बिघा खेतमा धान रोप्न भारतको सोनवर्षाबाट दुई बोरा युरिया र छ बोरा डीएपी खरिद […]

जनकपुरबाट पैदलमार्चमा हिँडेका आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच आजै सहमतिपत्रमा हस्ताक्षरको तयारी, को को पुगे सिंहदरबार ?

सामाजिक फीड-जनकपुरधाम, साउन ०१ गते। जनकपुरबाट पैदलमार्चमा हिँडेका आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। बाराको सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको हो। यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय (सिंहदरबार) मा सरकारी वार्ता टोली […]

जनकपुरसहित मधेशभर एलपी ग्यासको चरम अभाव, उपभोक्ता मर्कामा

सामाजिक फीड– जनकपुरधाम,असार २६ गते । जनकपुरधामसहित मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । पछिल्ला केही सातायता ग्यासको नियमित आपूर्ति नहुँदा धनुषा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा तथा पर्सासम्मका उपभोक्ताले ग्यासका लागि डिलर धाउनुपर्ने अवस्था बनेको छ। विशेषगरी कोशी, नोबेल, ग्यास प्रयोग गर्ने उपभोक्ता सबैभन्दा बढी प्रभावित भएका छन्। पर्याप्त […]

सिरहाका वन कार्यालय प्रमुख १२ हजार घुससहित रंगेहात पक्राउ

सामाजिक फीड– जनकपुरधाम,असार २४ गते । सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादव घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले मंगलबार उनलाई कर्जन्हा नगरपालिका–४मिर्चैयाबाट बाट १२ हजार रुपैयाँ घुससहित रंगेहात नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार कर्जन्हा नगरपालिका–२ मा रहेको एक काठ उद्योगले विभिन्न स्थानबाट ल्याएको तीन ट्रक काठको […]

मधेशबाट १२ नेता केन्द्रीय सदस्यमा विजयी, खुलातर्फ जित्ने मनिष झा एक्ला नेता

सामाजिक फीड– जनकपुरधाम,असार १२  गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट मधेश प्रदेशबाट १२ जना नेता मात्रै केन्द्रिय सदस्यमा जित्न सफल भएका छन् । तीमध्ये एकजना मात्रै खुलातर्फबाट विजयी भएका छन । बाँकी सदस्यहरु भुगोलतर्फ प्रादेशिक क्लस्टर, समावेशी मधेशी क्लस्टर, मुस्लिम तथा राष्ट्रिय खुला समूहबाट गरी पार्टीको नयाँ केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । […]

खुला दिसामुक्त घोषणाको आठ वर्षपछि पनि धनुषाको मुसहर बस्तीमा छैन शौचालय

सामाजिक फीड– जनकपुरधाम,असार ९ गते । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको करिब आठ वर्ष बितिसकेको छ। तर धनुषाको सहिदनगर नगरपालिका-५ स्थित पचहर्वा मुसहर बस्तीका अधिकांश परिवार अझै पनि खुला स्थानमा शौच गर्न बाध्य छन्। सरकारले सरसफाइ अभियानअन्तर्गत अर्बौं रुपैयाँ खर्च गरेको दाबी गरे पनि विपन्न दलित बस्तीमा आधारभूत सरसफाइ सुविधा पुग्न सकेको छैन। पचहर्वा मुसहर बस्तीकी […]

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्‍यो कक्षा १२ को नतिजा

सामाजिक फीड– जनकपुरधाम,असार ४  गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डको शुक्रबार बसेको बैठकले गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो। यस वर्ष कक्षा १२ परीक्षामा सहभागी कुल ४ लाख १८ हजार १७० विद्यार्थीमध्ये ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ […]