महोत्तरीका १६ जनालाई भारतमा बन्धक बनाइयो, उद्धारका लागि के गर्दैछ सरकार ?

सामाजिक फीड– जनकपुरधाम, जेठ २१ गते । काम गर्न गएका महोत्तरीका १६ जनालाई हरियाणा राज्यमा बन्धक बनाइएको घटना सार्वजनिक भएको छ । राम्रो रोजगारी, आकर्षक तलब र सुखद भविष्यको आशामा भारत पुगेका बर्दिबास नगरपालिका–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका उनीहरु बन्धक बनेका हुन् । बन्धक बनाइएकामध्ये पुरुष, महिला तथा बालबालिका समेत रहेका छन् । घटनापछि परिवारको […]
अर्काकी छोरीलाई आफ्नै भनेर नागरिकता बनाएको अभियोगमा वीरगन्जका मेयर सिंह पक्राउ, ७ वर्ष जेल सजाय माग

सामाजिक फीड– जनकपुरधाम, जेठ १९ गते । पक्राउ पुर्जी जारी भएपछि भागेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ । पर्साको ठोरीमा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको अप्रेशनबाट आज बिहान उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले जानकारी दिए। जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ […]
सरकार विरुद्ध नयाँ कमला पुल निर्माण सङ्घर्ष समितिको प्रदर्शन, माग पुरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी

सामाजिक फीड– जनकपुरधाम, जेठ १८ गते । नयाँ कमला पुल निर्माण सङ्घर्ष समिति फेरि आन्दोलनमा उत्रिएका छन् । सङ्घीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा नयाँ कमला पुल निर्माणका लागि बजेट विनियोजन नगरिएको भन्दै उनीहरु सरकार विरुद्ध नाराबाजी गरेको छ । सिरहा र धनुषा जोड्ने कमला पुललाई राज्यले बारम्बार उपेक्षा गरेको र अहिलेको सरकारले निर्माण […]
सिरहामा विभिन्न ग्याङका नाममा आतंक मच्चाउन खोज्ने २५ जना पक्राउ

सामाजिक फीड– जनकपुरधाम, जेठ १८ गते । सिरहामा विभिन्न ग्रुप तथा ग्याङका नाममा समाजमा आतंक मच्चाउन खोज्ने २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा चोहर्वा सडकमा विशेष अपरेसन चलाएर प्रहरीले २१ थान मोटरसाइकलसहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनीहरुले किङ अफ बलान, किङ अफ भगवानपुर, किङ अफ लहान, किलर्स […]
विद्यालय जान निस्किएका १२ वर्षीय बालक सात दिनदेखि बेपत्ता

सामाजिक फीड– जनकपुरधाम, जेठ १३ गते । महोत्तरीको जलेश्वर नगरपालिका-१२ थरुवाही गाउँका १२ वर्षीय गौतम यादव विगत सात दिनदेखि बेपत्ता भएका छन्। गौतम जेठ ७ गते बिहान करिब ६ बजे घरबाट जलेश्वर नगरपालिका-२ स्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुल जान निस्किएका थिए। उनी थरुवाही गाउँ निवासी आशुतोष यादव र पुनमाया यादवका छोरा हुन्। विद्यालय समय […]
मधेश प्रदेशका सबै अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको अभाव, कुकुरले टोकेका बिरामी बिचल्लीमा

सामाजिक फीड– जनकपुरधाम, जेठ १३ गते । मधेश प्रदेशका सबै सबै अस्पतालमा एन्टिरेबिज भ्याक्सिन (एआरभी) को अभाव भएको छ । यसले कुकुरले टोकेका बिरामी कि त धेरै महँगो उपचार गराउनु परेको छ कि त नसक्नेले उपचारबाटै वञ्चित हुनु परेको छ । मधेश प्रदेशमा विगत चार महिनादेखि सरकारले एन्टिरेबिज भ्याक्सिन पठाएको छैन् । सरकारले मधेश प्रदेशका ४४ […]
धनुषा, महोत्तरी र सर्लाहीमा चार लेन सडक विस्तार सुस्त गतिमा, अहिलेसम्म कति पुल र कलभर्ट निर्माण भयो ?

सामाजिक फीड– जनकपुरधाम, जेठ ११ गते । धनुषा, महोत्तरी र सर्लाही खण्डमा महेन्द्र राजमार्गलाई चार लेनमा विस्तार गर्ने कामको गति सुस्त देखिएको छ । कमला-ढल्केबर-पथलैया सडक योजना (पूर्वी खण्ड) अन्तर्गत हालसम्म कुल २४.१५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । जबकी विश्व बैङ्कको १८ अर्ब ६० करोड रुपियाँ सहयोगमा सन् २०२७ भित्र राजमार्ग विस्तारको काम […]
कालिन्जोरखोलामा सम्झौताभन्दा बढी उत्खनन, ठेकेदार कम्पनीलाई जरिबाना

सामाजिक फीड– जनकपुरधाम, जेठ ८ गते । सर्लाहीको लालबन्दी नगरपालिका-१७ स्थित रानीगन्जको कालिन्जोरखोलाबाट सम्झौताभन्दा बढी मात्रामा नदीजन्य पदार्थ उत्खनन गरिएको पाइएको छ । अनियन्त्रित उत्खनन भइरहेको भन्दै स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएपछि लालबन्दी नगरपालिकाले प्राविधिक टोली खटाएर उत्खनन क्षेत्रको नापजाँच गरेको थियो । जाँचका क्रममा सम्झौताभन्दा १९ हजार घनमिटर बढी गिट्टी र बालुवा उत्खनन गरिएको […]
मधेश सरकारले मापदण्डको धज्जी उडाउँदै ३३ करोडभन्दा बढी रकम मन्दिर, मस्जिदमा खर्चियो

सामाजिक फीड– जनकपुरधाम, जेठ ८ गते । मापदण्ड विपरित मधेश प्रदेश सरकारले गत आर्थिक वर्षमा ३३ करोडभन्दा बढी रकम खर्च गरेर निर्माण कार्य गरेको पाइएको छ । महालेखापरीक्षकको आठौँ वार्षिक प्रतिवेदनले प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले पुरातात्त्विक र ऐतिहासिक परम्परागत निर्माणका मापदण्ड विपरीत मधेस प्रदेशका विभिन्न स्थानमा उक्त रकम खर्च गरेको हो । आर्थिक वर्ष २०८१.८२ […]
सिरहामा डोजर लगाएर दलित बस्ती भत्काइँँदा ५० परिवार बिचल्लीमा

सामाजिक फीड–जनकपुरधाम, जेठ ५ गते । सिराहाको नवराजपुर गाउँपालिका-४, नहरनियाँस्थित विपन्न दलित बस्तीमा गाउँपालिकाले डोजर लगाएर घर भत्काइदिएपछि करिब ५० परिवार बिचल्लीमा परेका छन् । ऐलानी जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका स्थानीयको घर वैशाख ३० गते डोजर प्रयोग गरेर भत्काइएको थियो । घर भत्काइएपछि प्रभावित परिवार त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् । चर्को गर्मी, […]