Samajik Feed – News Portal from Nepal

रौतहटमा बाल्टिनमा डुबेर एक बालिकाको मृत्यु

समाजिक फीड जनकपुरधाम, पुस २९ गते । रौतहटमा बाल्टिनमा डुबेर एक बालिकाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–७ नयाँ बस्ती कटानी टोलमा मामा घर बस्दै आएकी १४ महिने अनु साहको मृत्यु भएको प्रहरीले जनाएको छ । गुजरा नगरपालिका–१ रंगपुर बस्ने सुबम साहकी छोरी अनु मामा घर बस्दै आएकी थिइन् । खेल्ने क्रममा डुबेर अशक्त भएकी […]

मधेश प्रदेश : जग्गा किनबेचमा मालापोत प्रमुख सहित चार जना कर्मचारीले भ्रष्टाचा गरेको ठहर

समाजिक फीड जनकपुरधाम, ,पुस २७ गते । विशेष अदालतले मालपोत कार्यालय पर्साका चारजना कर्मचारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता, लेखापाल नागेन्द्रप्रसाद चौधरीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको हो। न्यायाधीश टेकनारायण कुँवर, नारायण सिंह राई र रितेन्द्र थापाको इजलाशले चारै जनालाई दोषी […]

मधेस प्रदेशमा मधेस क्रिकेट लिग हुने

समाजिक फीड जनकपुरधाम ,पुस २७ मधेस प्रदेश क्रिकेट संघले मधेश क्रिकेट लिग र मधेश प्रदेश स्तरीय बिद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । संघको बैठकले गरेको विभिन्न ६ बुँदे निर्णय शुक्रबार सार्वजनिक गरेको छ । संघले मधेश प्रदेशको डेभलपमेन्ट अधिकृतको लागि पवन दासलाई चयन गर्ने निर्णय गरेको छ । यस्तै, अनिल चौगाईको संयोजकत्वमा […]

जलाद खोलाबाट अवैध रुपमा बालुवा–गिट्टी ओसार्ने ७ वटा टयाक्टर प्रहरीको नियन्त्रणमा

समाजिक फीड जनकपुरधाम, पुस २६ गते । धनुषाको जलाद खोलाबाट अवैध रुपमा गिटी–बालुवा उत्खनन गरी ढुवानी गरिरहेको ७ वटा टयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । मिथिला नगरपालिका–४ स्थित जलाद खोलामा अनुमति बिना नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ती टयाक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको गस्ती टोलिले […]

आश्रममा बलात्कार गरेको मुद्दामा रामबहादुर बमजन विरुद्ध सर्लाही जिल्ला अदालतमा सुनुवाई सुरु

समाजिक फीडजनकपुरधाम, पुस २६ गते । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा पेस गरेको हो । उनीविरुद्ध जिल्ला अदालतमा ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ को आरोपमा मुद्दा परेको थियो । काठमाडौंबाट गएराति […]

तस्करी गरेर भारततर्फ लग्दै गरेको अवस्थामा १७ वटा गाई तथा गोरु प्रहरीको नियन्त्रणमा

समाजिक फीडजनकपुरधाम, पुस २५ गते । अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा १७ वटा गाई, गोरु र बाच्छीलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको गौर नगरपालिका–२ स्थित नेपालबाट अवैध रुपमा भन्सार छली गरि चोरी पैठारी गरी भारत तर्फ गाई र गोरु लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिइएकामध्ये गाई १० वटा, गोरु […]

बलात्कारी ठहर भएका क्रिकेटर सन्दिपलाई ८ वर्ष जेल, ३ लाख जरिवाना

समाजिक फीड जनकपुरधाम, पुस २५ गते । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो। यसअघि गत पुस १३ गते […]

मोटरसाइकल चोरेर भाग्दैगर्दा महोत्तरीबाट एकजना पक्राउ

समाजिक फीड जनकपुरधाम, पुस २५ गते । मोटरसाइकल चोरी गरेर भाग्दैगर्दा महोत्तरी प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका– १ लक्ष्मीबास बस्ने २६ वर्षीय हिरेन्द्र महरा चमार रहेको प्रहरीले जनाएको छ । बुधबार राति करिब २ बजे गौशाला नगरपालिका –४ रजखोरस्थित विनोदकुमार सिंहले आफ्नो आँगनमा पार्किङ गरी राखेको ज ९ प […]

आश्रमबाट मधेशका दुई सहित ४ जनालाई बेपत्ता पारेको आरोपी बमजनलाई सर्लाही ल्याइँदै

समाजिक फीड जनकपुरधाम, पुस २५ गते । तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला चलाउँदै आएका रामबहादुर बमजनलाई सर्लाही प्रहरीको जिम्मा लगाउने तयारी भएको छ । पक्राउ गरी सार्वजनिक गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबारै उनलाई सर्लाही ल्याउन लागेको हो । बम्जनविरूद्ध सर्लाहीमा मुद्दा भएकाले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाउने तयारी रहेको सिआइबीले बताएको […]

मधेश प्रदेश : घरबाटै स्कारपियो चोरी

समाजिक फीड जनकपुरधाम, पुस २५ गते । सप्तरीबाट एउटा स्कारपियो चोरी भएको छ । राजविराज नगरपालिका–९ स्थित बिहारपुर बस्ने शम्भु प्रसाद यादव ‘लाली’ को स्करपियो चोरी भएको प्रहरीले जनाएको छ । गएराति घर अगाडी पार्किङ गरी राखिएको बा १४ च २९२५ नम्बरको स्करपियो चोरी भएको हो । सोमवार राति जनकपुरको बस पार्कमा पार्किङ गरि राखिएको […]