सामाजिक फीड
जनकपुरधाम बैशाख २ गते ।
धनुषामा माइती गएकी एक महिलाको हत्या भएको छ ।
हंसपुर नगरपालिका ७ बस्ने ५५ वर्षीया शुभ देवी मण्डलको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
धनुषाकै सहिदनगर नगरपालिका ४ ननुपट्टी स्थित गहुँ खेतमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
शवको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने आशंका भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।
शुभको शरिरका विभिन्न भागमा घाउचोट दिएको छ ।
घटनास्थलमा धनुषाका एसपी भुवनेश्वर तिवारी आफै पुगेर डग टोली समेतको सहयोगमा अनुसन्धान गरिरहेका छन् ।
डिएसपी अवाका अनुसार एकजनाको मृत्यु भएपछि शुभ माइती गएकी थिइन् ।
उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन भएपछि परिवारजनले उनको खोजी सुरु गरेको थियो ।
त्यस क्रममा घर नजिकै रहेको खेतमा आज विहान ९ बजेतीर स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।