Samajik Feed – News Portal from Nepal


सामाजिक फीड
जनकपुरधाम, चैत ३० गते ।

महोत्तरीमा कर्तव्यज्यान मुद्दामा अदालतबाटट १० वर्ष कैद सजाय तोकिएर फरार रहेकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका २ ढेकाहा बस्ने लरुवती देवी महतो नुनिया छन् ।

महोत्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १० बर्ष कैदको फैसला भई फरार रहेकी उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि महोत्तरी जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!