सामाजिक फीड
जनकपुरधाम, चैत्र २६ गते।
सर्लाहीको बसबरियामा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन्।
सोमबार बिहान ११ बजे बसबरिया गाउँपालिका–३ भवानिपुरको बङ्गलवास्थित दलित बस्तीमा आगलागी हुँदा घरसँगै घरभित्र रहेका सरसमानहरु समेत जलेर नष्ट भएको हो।
आगलागीबाट ६ घर पूर्ण रुपमा र ५ घर आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ ।
समयमै आगलागीबाट लाखौंको क्षति भएको अनुमान रहेपनि यकिन विवरण बुझ्न क्षति विवरण संकलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार दुई घण्टाको प्रयासपछि आगलागि नियन्त्रणमा आएको हो ।आगो नियन्त्रणमा लिन जनपद र सशस्त्र प्रहरी, स्थानीयवासी तथा हरिवन र मलंगवा नगरपालिकाका दुईवटा वारुण यन्त्र परिचालन गरिएको थियो।
२० वटा स्थानीय तह रहेको सर्लाहीका जम्मा दुई स्थानीय तहसँग मात्रै वारुणयन्त्र छ।
सदरमुकामसमेत रहेको मलंगवा र हरिवन नगरपालिका बाहेक सर्लाहीका १८ स्थानीय तहसँग वारुण यन्त्र छैन।
सममयमै वारुण यन्त्र नपुग्दा सर्लाहीमा आगलागीले धेरै क्षति हुने गरेको छ।