सामाजिक फीड
जनकपुरधाम, चैत्र २७ गते ।
बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नं.२ ब्रहमपुरी बस्ने २५ वर्षीय शेखर शर्मा बरही रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।
गत फागुन १६ गते राति करिब १० बजेको समयमा बरहीले एक युवतीलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि सोमबार प्रहरीले बरहीलाई पक्राउ गरेको हो ।
बरहीलाई घरमा लुकिछिपी बसी रहेको अवस्थामा पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
जवरजस्ती करणी मुद्दामा पक्राउ परेका बरहीलाई सिरहा जिल्ला अदालतमा पेश गरी १० दिनको म्याद लिई थप अनुसन्धान थालेको उनले जानकारी दिए ।