Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत्र २७ गते ।

मधेस सरकारले संघ सरकारले दिएको निर्धारण गरेको बिदाबाहेक थप ८ दिन प्रदेशमा सार्वजनिक बिदा दिने गरि राजपत्र प्रकाशित गरेको छ ।

२०८१ को वैशाखदेखि चैतसम्मको विभिन्न चाडपर्व, दिवस, जन्मजयन्तिको अवसरमा संघ सरकारले निर्धारण गरेको बिदा सार्वजनिक गरेपछि त्यसमा थप ८ दिन बिदा दिनेगरी मधेस सरकारले राजपत्रमा प्रकाशित गरेको छ।

गत माघ २९ गते संघ सरकारले २०८१ सालका लागि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि निर्धारण गरेको बिदाका अतिरिक्त मधेसमा थप आठ दिन बिदा दिन चैत ११ गते मधेस सरकारबाट निर्णय गरेर प्रदेशको राजपत्रमा प्रकाशित गरिएको हो।

जसअनुसार मधेस सरकारले २०८१ साल बैशाख २ गते सिरुवा पावनी, जेठ ४ गते शुक्रबार जानकी नवमी, पैगम्बर मोहम्मदको जन्मदिनमा पछि यकिन हुनेगरी बिदा दिएको छ।

यस्तै, छठ पर्वको भोलिपल्ट कार्तिक २३ गते शुक्रबार, सीताराम विवाहपञ्चमीको दिन मंसिर २१ ग्ते शुक्रबार, बलिदानी दिवसको दिन माघ ५ गते शनिबार, तराईमा मनाइने होलीको भोलिपल्ट चैत २ गते शनिबार र रामनवमीको अवसरमा चैत २४ गते थप बिदा दिने निर्णय भएको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवद्वारा जारी राजपत्रमा उल्लेख गरिएको छ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *