Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, वैशाख २ गते ।

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँका १२ वर्षीय माधव चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार आन्द्राभरैयाका ४ बालक बबई नदी किनारमा खेल्न गएका बेलामा उनीहरू माटोको ढिस्कोमा पुरिएका हुन् ।

आइतबार दिउँसो खेल्न गएकामध्ये तीन बालक खाल्डोमा पुरिएकामा एक जनाको भने सकुशल उद्धार गरिएको थियो ।

दुई बालकको गाउँलेले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान घोराहीमा उपचारका लागि लगिएकामा अस्पतालले मृत घोषणा गरेको हो । उनीहरूको शव अहिले परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!