भारतीय वायुसेनाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

एजेन्सी । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भारतीय वायुसेना (आईएएफ) का पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् । अधिकारीहरूका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान दुर्घटना भएको हो । दुर्घटनामा परेका पाइलटहरूमा एक […]
इजरायल र हमासबिच फेरि युद्ध सुरु, १ सय ७८ प्यालेस्टिनीको मृत्यु

एजेन्सी-जनकपुरधाम, मंसिर १६ गते । सात दिनको युद्धविरामपछि इजरायल र हमासबिच फेरि युद्ध सुरु भएको छ । इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् । यसैबिच हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १७८ प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । उता इजरायलले पनि २ सयवटा ‘आतंकवादी लक्ष्य’ […]
इजरायल र हमासबीच पुन: युद्ध सुरु

एजेन्सी । इजरायल र हमासबीच पुन: युद्ध सुरु भएको छ । युद्धविराम सम्झौताको एक सातापछि आक्रमण सुरु भएको हो । हमासको आन्तरिक र राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार दक्षिणी गाजा क्षेत्रमा हवाइ हमला भएको छ । उत्तरी गाजा क्षेत्रमा पनि विस्फोटका आवाज सुनिएको बीबीसीले जनाएको छ । गाजा सहरको उत्तर–पश्चिममा पनि गोलीको आवाज सुनिएको बताइएको छ […]
सुरुङमा फसेको ४०० घण्टापछि ४१ मजदुरको सकुशल उद्धार

भारत । भारतको उत्तरकाशीस्थित निर्माणाधीन सुरुङमा फसेका ४१ मजदुरको १७ औँ दिनमा सकुशल उद्धार गरिएको छ । मंगलबार साँझ सबै कामदारलाई सकुशल बाहिर निकालिएको हो । उद्धारकर्ताहरूले मजदुरलाई ९० सेन्टिमिटर व्यासको पाइपबाट एक–एक गर्दै निकालेका थिए । उनीहरूलाई एम्बुलेन्सबाट सिधै चिन्यालीसौरको स्वास्थ्य केन्द्रमा लागिएको छ। त्यहाँ सरकारी चिकित्सकको निगरानीमा उपचार हुने बताइएको छ। उनीहरूलाई स्वागत […]
सुरुङमा फसेका ४१ मजदुरलाई केही घण्टाभित्रै निकालिने, बाहिर एम्बुलेन्स तैनाथ

भारत । उत्तराखण्डको उत्तरकाशीको निर्माणाधीन सुरुङमा फसेका ४१ मजदुरलाई अबको केही घण्टाभित्रै सकुशल बाहिर निकालिने भएको छ । आज १७ औँ दिन उद्धार कार्य अन्तिम चरणमा पुगेको हो । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले केही घण्टाभित्र मजदुरहरूलाई निकाल्ने दाबी गरेका हुन् । प्राप्त जानकारीका अनुसार सुरुङ अब दुई मिटर मात्र खन्न बाँकी रहेको र पाइप […]
गुजरातमा चट्याङका कारण २४ जनाको मृत्यु

भारत । भारतको पश्चिमी राज्य गुजरातमा चट्याङका कारण २४ जनाको मृत्यु भएको छ । बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण आइतबार र सोमबार गरी २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतमा हरेक वर्ष बाढी र चट्याङका कारण दर्जनौं मानिसको मृत्यु हुने गरेको भए तापनि वैज्ञानिकहरूले बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले अकल्पनीय मौसमी घटना निम्त्याइरहेको […]
निकिता गान्धीको कन्सर्टमा भागदौड, ४ जनाको मृत्यु

भारत । बलिउड गायिका निकिता गान्धीको कन्सर्टमा भागदौड हुँदा ४ जनाको मृत्यु भएको छ । भारतको केरलाको कोचीन यूनिवर्सिटी ऑफ साइंस एंड टेक्नोलॉजी (सीयूएसएटी) मा आयोजित कन्सर्टका क्रममा पानी परेपछि भागदौड हुँदा चार जनाको मृत्यु भएको हो । अन्य ६५ जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई किशोर र दुई किशोरी रहेको बताइएको छ […]
आमाको अगाडि दुई छोरीको बलात्कार र हत्या आरोपमा चार जनालाई मृत्युदण्ड

भारत । भारतको हरियाणामा आमाको अगाडि दुई छोरीको सामूहिक बलात्कार र विषादी खुवाएर हत्या गरेको आरोपमा चार जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । हरियाणाको सोनीपतस्थित फास्ट ट्रयाक अदालतकी न्यायाधीश सुरुचि अतरेजा सिंहले सामूहिक बलात्कार र विषादी खुवाएर हत्या गरिएको बहुचर्चित घटनामा चार अभियुक्तलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएकी हुन् । अदालतले बिहारको दरभंगा मजगही […]
हमासको कब्जामा रहेका बन्धक रिहा गर्ने सर्तमा इजरायल छोटो अवधिका लागि युद्ध रोक्न सहमत

एजेन्सी-जनकपुरधाम, मंसिर ६ गते । हमासका कब्जामा रहेका बन्धकलाई रिहा गर्ने सर्तमा इजरायल छोटो अवधिका लागि युद्ध रोक्न सहमत भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायल बन्धकलाई घर फर्काउन ४ दिनका लागि युद्धविराम गर्न तयार भएको हो। इजरायली सरकारका अनुसार हमासले ४ दिनमा ५० बन्धक छाड्ने सम्झौता भएको छ। बन्धक छाड्ने विषयमा सम्झौताका लागि इजरायल र […]
ओपनएआईका सीईओ अल्टम्यान बर्खास्त

एजेन्सी । ओपनएआईका संस्थापक तथा सीईओ शाम अल्टम्यानलाई बर्खास्त गरिएको छ । कम्पनीको बोर्ड बैठकले अल्टम्यानलाई सीईओ पदबाट बर्खास्त गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । कम्पनी र बोर्डप्रति जवाफदेही र जिम्मेवार नभएको ठहर गर्दै शुक्रबार अल्टम्यानलाई बर्खास्त गरिएको कम्पनीले जनाएको छ । उनको बर्खास्तीको कारणबारे त्यसभन्दा बढी खुलाइएको छैन । उनलाई बर्खास्त गरेको खबरले […]