Samajik Feed – News Portal from Nepal

भारत । भारतको पश्चिमी राज्य गुजरातमा चट्याङका कारण २४ जनाको मृत्यु भएको छ ।

बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण आइतबार र सोमबार गरी २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतमा हरेक वर्ष बाढी र चट्याङका कारण दर्जनौं मानिसको मृत्यु हुने गरेको भए तापनि वैज्ञानिकहरूले बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले अकल्पनीय मौसमी घटना निम्त्याइरहेको बताएका छन् ।

भारी वर्षाका कारण कम्तिमा २३ जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!