Samajik Feed – News Portal from Nepal

भारतको महाराष्ट्रको एक कारखानामा आगलागी हुँदा ६ जनाको मृत्यु

सामाजिक फीड जनकपुरधाम, पुस १५गते । एजेन्सी । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको एक कारखानामा शनिबार र आइतबारको मध्यरातमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु हुनुका साथै अन्य ९ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । राज्यको छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो ।आगलागीको कारण खुल्न सकेको छैन […]

रुसमा युक्रेनको हवाई आक्रमणमा २० जनाको मृत्यु, सय बढी घाइते

एजेन्सी-जनकपुरधाम, पुस १५ गते । रुसमा युक्रेनले गरेको हवाई हमलामा २० जनाको मृत्यु भएको छ । अन्य १०० जना बढी घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । रुसको दक्षिण (पश्चिम क्षेत्रमा पर्ने सिमावर्ती शहर बेलगोरोडमा शनिबार हवाई हमला भएको थियो । आक्रमणबाट तीन बालबालिकासहित २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यसअघि गत शुक्रबार […]

चीनमा भूकम्प जाँदा ११८ जनाको मृत्यु, दुईसय भन्दा बढी घाइते

बीबीसी-जनकपुरधाम, पुस ३ गते । पश्चिमोत्तर चीनमा सोमवार राति गएको भूकम्पमा परेर कम्तीमा ११८ जनाको मृत्यु हुनुका साथै २०० जनाभन्दा बढी मानिस घाइते भएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। गान्सु प्रान्तमा मध्यराति ६।२ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यहाँ र छिमेकी चिन्खाई प्रान्तमा भूकम्पले गर्दा भवनहरूमा क्षति पुगेको छ। उद्धारकर्ताहरूले क्षतिग्रस्त भवनका भग्नावशेषमा खोजी गरिरहेका छन्। मृतककको […]

उत्तर प्रदेशमा गुडिरहेको कारमा आगलागी हुँदा आठ जनाको जलेर मृत्यु

एजेन्सी-जनकपुरधाम, मंसिर २४ गते । भारततको उत्तर प्रदेशमा एउटा गुडिरहेको कार ट्रकमा ठोक्किएर गलागी हुँदा आठ जनाको जलेर मृत्यु भएको छ। शनिबार राति उत्तर प्रदेशको बरेलीको नैनीताल राजमार्गमा गुडिरहेको कार ट्रकमा ठोक्किएर आगलागी हुँदा एक बालकसंगै आठजनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । बरेलीका एसएसपी सुशील चन्द्रभान धुलेका अनुसार राजमार्गमा गुडिरहेको कार ट्रकसँग ठोक्किएर […]

बलिउड अभिनेता जुनियर महमुदको निधन

मुम्बई । बलिउड अभिनेता जुनियर महमुदको निधन भएको छ । पेटको क्यान्सरबाट पीडित ६७ वर्षीय महमुदको गएराति मुम्बईस्थित निवासमा निधन भएको हो । महमुदको आज अन्तिम संस्कार गरिनेछ । उनको वास्तिविक नाम भने नईम सैयदको हो । उनले ‘हात्ती मेरो साथी’, ‘कारवां’ र ‘मेरो नाम जोकर’ जस्ता धेरै चर्चित फिल्ममा अभिनय गरेका छन् । उनको […]

तालिबानी कूटनीतिज्ञलाई चीनद्वारा राजदूतको हैसियत प्रदान

चीन । अफगानिस्तानको तालिबान सरकारले तोकेको कूटनीतिज्ञलाई चीनले राजदूतको हैसियत दिएको छ । यसरी चीनले तालिबानलाई वैधता दिएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता वाङ वेनबिनले मंगलबार पत्रकारहरूको प्रश्न जवाफ दिँदै अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बाहिर निकाल्नु नहुनेमा चीन विश्वास गरेको बताइन् । यसअघि पनि तालिवानका उम्मेदवार बिलाल करीमीलाई चीनले राजदूतको हैसियत दिएको खबर बाहिर आएको […]

‘सीआईडी’ मा ‘फ्रेडरिक’ को भूमिका निर्वाह गर्दै आएका अभिनेता फडनिसको निधन

भारत, १९ मंसिर । भारतको चर्चित टेलिश्रृंखला ‘सीआईडी’ मा फ्रेडरिकको भूमिका निर्वाह गर्दै आएका अभिनेता दिनेश फडनिसको निधन भएको छ । आइतबारदेखि अस्पतालमा रहेका ५७ वर्षीय फडनिसको सोमबार राति निधन भएको उनका सल्लाहकार दयानन्द शेट्टीले पुष्टि गरेका हुन् । दयाले भने, ‘दिनेशको बिहान १२.०८ बजे अन्तिम सास फेरे ।’ अभिनेताले मुम्बईस्थित तुंगा अस्पतालमा उपचार गराइरहेका […]

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु

एजेन्सी-जनकपुरधाम, मंसिर १९ गते । इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ । इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोट भएको हो । ज्वालामुखीमा परेर कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । अझै बेपत्ता भएको बताइएको छ । पहिलो चरणमा ४९ जना आरोही फेला परेका थिए । उनीहरूलाई अस्पताल लगिएको […]

भारतको मणिपुरमा भएको हिंसात्मक झडपमा १३ जनाको मृत्यु

रासस-जनकपुरधाम, मंसिर १८ गते । उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। इम्फालको राजधानी मणिपुरबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम राइफल्सले खोजी अभियान सुरु गरेको थियो। ‘सेनाले लेइथु गाउँमा १३ वटा शवहरू भेट्टाएको छ। […]

गाजाको दक्षिणी क्षेत्रमा पनि आक्रमण सुरु

एजेन्सी । इजरायलले गाजाको दक्षिणी क्षेत्रमा पनि आक्रमण सुरु गरेको छ । यस क्षेत्रमा हमासका नेताहरू लुकेको आशंका गर्दै इजरायली सेनाले आक्रमण सुरु गरेको हो । इजरायली सेनाले गाजाको दोस्रो ठूलो सहर खान युनिस वरपरका क्षेत्रसमेत खाली गर्न आदेश जारी गरेको छ । इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीका अनुसार थल सेनाहरू अहिले दक्षिणतिर […]