Samajik Feed – News Portal from Nepal

एजेन्सी-
जनकपुरधाम, पुस १५ गते ।

रुसमा युक्रेनले गरेको हवाई हमलामा २० जनाको मृत्यु भएको छ । अन्य १०० जना बढी घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

रुसको दक्षिण (पश्चिम क्षेत्रमा पर्ने सिमावर्ती शहर बेलगोरोडमा शनिबार हवाई हमला भएको थियो । आक्रमणबाट तीन बालबालिकासहित २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

यसअघि गत शुक्रबार रुसले युक्रेनमा आक्रमण गर्दा ३९ जनाको ज्यान गएको थियो । त्यसैको जवाफ स्वरुप युक्रेनले रुसमा आक्रमण गरेको बताइएको छ ।

बीबीसीका अनुसार रुस(युक्रेन युद्धको क्रममा रुसमा भएको यो मिसाइल आक्रमण सबैभन्दा खतरनाक हो । युक्रेनले अनेकौं प्रकारका हतियार प्रयोग गरेर आक्रमण गरेको आरोप रुसले लगाएको छ । त्यसमा युक्रेनी ओल्खा र चेक निर्मित भ्याम्पायर रकेट पनि प्रयोग भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!