चीन । अफगानिस्तानको तालिबान सरकारले तोकेको कूटनीतिज्ञलाई चीनले राजदूतको हैसियत दिएको छ । यसरी चीनले तालिबानलाई वैधता दिएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता वाङ वेनबिनले मंगलबार पत्रकारहरूको प्रश्न जवाफ दिँदै अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बाहिर निकाल्नु नहुनेमा चीन विश्वास गरेको बताइन् ।
यसअघि पनि तालिवानका उम्मेदवार बिलाल करीमीलाई चीनले राजदूतको हैसियत दिएको खबर बाहिर आएको थियो । केही दिनअघि मात्र भारतमा अफगानिस्तानको दूतावास बन्द गरिएको थियो ।
यी दूतावासहरूले तालिबान शासित इस्लामिक इमिरेट्स नभएर अफगानिस्तानको इस्लामिक गणतन्त्रको प्रतिनिधित्व गर्दथे । त्यसपछि तालिबान सरकारले नयाँ दूतावास खोल्ने इच्छा व्यक्त गरेको थियो ।