पाकिस्तानले इरानमा गर्यो जवाफी आक्रमण : ३ महिला र चार बालबालिकाको मृत्यु

एजेन्सी जनकपुरधाम, माघ ४ गते । पाकिस्तानले इरानमा जवाफी आक्रमण गरेपछि दुई देशबीच तनाव उत्पन्न भएको छ । इरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको जनाएको छ । बिहीबार बिहान पाकिस्तानले इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतङ्कवादी लुकेका स्थानहरूलाई लक्षित गरी शृङ्खलाबद्ध सैन्य आक्रमण गरेको पाकिस्तानी विदेश मन्त्रालयद्वारा […]
जाम्बियामा फैलियो हैजा : संक्रमितको संख्या ९ हजार नाघ्यो, ३६२ जनाको मृत्यु

एजेन्सी जनकपुरधाम, माघ २ गते ।जाम्बियामा पानीजन्य रोग (हैजा) बाट संक्रिमित हुनेको संख्या ९ हजार १५५ पुगेको छ । अन्तर्राष्ट्रि संचारमाध्यमका अनुसार संक्रमितमध्ये अक्टोबर ३ सय ६२ जनाको मृत्यु भएको छ । हैजाको प्रकोप नघटेपछि जाम्बियाले हैजाको प्रकोप नियन्त्रणका लागि थप कडा उपायहरुको घोषणा गरेको छ । स्वास्थ्यमन्त्री सिल्भिया मासेबोले सरकारले हैजा रोकथाम र नियन्त्रणका […]
क्रिकेट खेलका क्रममा पिचमा नै एक ब्याट्सम्यानको मृत्यु

नोएडा । भारतको नोएडामा भएको क्रिकेट खेलका क्रममा पिचमा नै एक ब्याट्सम्यानको मृत्यु भएको छ । सफ्टवेयर इन्जिनियरसमेत रहेका ब्याट्सम्यान ३४ वर्षीय विकास नेगीको हृदयघातका कारण मृत्यु भएको हो । आइतबार क्रिकेट खेल्ने क्रममा उनी मैदानमा ढलेका थिए । उनलाई अन्य खेलाडीहरूले अस्पताल पुर्याएका थिए र त्यहाँ पुग्दा उनलाई मृत घोषित गरिएको थियो । हृदयघात […]
कोठामा सुतेका पाँचजना बालबालिकाको निसास्सिएर ज्यान गयो

एजेन्सी-जनकपुरधाम, पुस २५ गते । भारतको उत्तर प्रदेशको अमरोहा जिल्लामा निसास्सिएर एकै परिवारका पाँच बालबालिकाको मृत्यु भएको छ । अमरोहा जिल्लाको ढाका गाउँमा कोठामा कोइला बालेर खाना पकाइएपछि सोही कोठामा सात जना सुतेका थिए। जसमा तीन बालिका र दुई बालकको निसास्सिएर मृत्यु भएको अमरोहा जिल्ला मजिस्ट्रेट राजेश त्यागीले जानकारी दिए । कोठामा अक्सिजनको अभावका कारण […]
३४ वर्षीय गेब्रिएल बने फ्रान्सको प्रधानमन्त्री

फ्रान्स । ३४ वर्षीय गेब्रिएल अट्टल फ्रान्सको नयाँ प्रधानमन्त्री बन्न सफल भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अट्टललाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । योसँगै अट्टल फ्रान्सको इतिहासमै सबैभन्दा युवा प्रधानमन्त्री बनेका छन् । उनी समलैंगिक पनि हुन् । उनको जन्म १९८९ मार्च १६ मा भएको हो । उनले जुनमा हुने युरोपेली संसदीय निर्वाचनमा सरकारको […]
दक्षिण कोरियामा कुकुरको मासु खान प्रतिबन्ध, कानुन उल्लंघन गर्नेलाई ३ वर्ष जेल हुने

एजेन्सी जनकपुरधाम, पुस २४ गते । दक्षिण कोरियामा कुकुरको मासु बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । कोरियाली संसदले कुकुरको मासु उपभोग र विक्रीमा मंगलवार प्रतिबन्ध लगाउने कानुन पारित गरेको हो । नयाँ कानुनमा सन् २०२७ सम्म कुकुरलाई निर्मम तरिकाले काटेर उसको मासु बिक्रीमा प्रतिबन्ध लगाउने लक्ष्य लिइएको छ । कानुन उल्लंघन गरेर कुकुर मार्नेलाई ३ […]
इरानमा दुई बम विष्फोट, १ सय ३ जनाको मृत्यु

तेहरान । इरानमा भएका दुई बम विष्फोटमा १ सय ३ जनाको मृत्यु भएको छ । हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भिडमा बुधबार लगातार दुई वटा विस्फोट भएको अन्तरार्ष्टिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा अन्य एक सयभन्दा बढी घाइते भएका छन् । १० मिनेटको अन्तरालमा दुई वटा विष्फोट भएको बताइएको छ । सुलेमानीको […]
रुस–युक्रेन युद्धमा थप तीनजना नेपालीको मृत्यु, यी हुन् मृतकहरु

एजेन्सी- जनकपुरधाम, पुस १७ गते । रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु भएको जानकारी आएको उनको भनाइ छ। ‘मलाई सरकारी संयन्त्रबाटै वालिङ–१४ का हरिप्रसाद […]
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प जाँदा १३ जनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, पुस १७ गते । जापानमा ७.६ म्याग्निच्युडको भूकम्प जाँदा १३ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प जाँदा १३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । मृतक सबै इशिकावा क्षेत्रका हुन् । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् […]
जापानको इशिकावा क्षेत्रमा सुनामीको चेतानवी

काठमाडौँ, १६ पुस । जापानमा सुनामी आउने चेतावनी दिइएको छ । जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको हो । सुनामीको चेतावनीसँग इशिकावा भन्ने स्थानका समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको छ । जापानको मौसम विभागले यहाँ पाँच मिटरसम्म अग्लो समुद्री छाल उठ्ने र त्यसले क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ […]