Samajik Feed – News Portal from Nepal

फ्रान्स । ३४ वर्षीय गेब्रिएल अट्टल फ्रान्सको नयाँ प्रधानमन्त्री बन्न सफल भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अट्टललाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

योसँगै अट्टल फ्रान्सको इतिहासमै सबैभन्दा युवा प्रधानमन्त्री बनेका छन् । उनी समलैंगिक पनि हुन् । उनको जन्म १९८९ मार्च १६ मा भएको हो ।

उनले जुनमा हुने युरोपेली संसदीय निर्वाचनमा सरकारको नेतृत्व गर्नेछन् । यसअघि २० महिने कार्यकाल सकेसँगै एलिजाबेथ बोर्नले प्रधानमन्त्रीबाट राजीनामा दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!