Samajik Feed – News Portal from Nepal

एजेन्सी

जनकपुरधाम, माघ २ गते ।
जाम्बियामा पानीजन्य रोग (हैजा) बाट संक्रिमित हुनेको संख्या ९ हजार १५५ पुगेको छ ।

अन्तर्राष्ट्रि संचारमाध्यमका अनुसार संक्रमितमध्ये अक्टोबर ३ सय ६२ जनाको मृत्यु भएको छ ।

हैजाको प्रकोप नघटेपछि जाम्बियाले हैजाको प्रकोप नियन्त्रणका लागि थप कडा उपायहरुको घोषणा गरेको छ ।

स्वास्थ्यमन्त्री सिल्भिया मासेबोले सरकारले हैजा रोकथाम र नियन्त्रणका उपायहरू बढाउनका लागि यसअघि घोषणा गरेको वैधानिक यन्त्रमा एउटा दफा ल्याएको बताए ।

अन्य पहिलेका उपायहरूमा अस्वच्छ खानाको व्यापारमा प्रतिवन्ध र हैजाबाट मरेका मानिसहरू राखिराख्न निषेध गरिएको थियो ।
चर्चहरूलाई अधिकतम दुई घण्टामा हैजाका कारण मृत्यु भएकाहरुको अन्त्येष्टि गरिसक्न निर्देशन दिइएको थियो ।

देशका १० मध्ये ६ प्रदेशमा पछिल्लो २४ घण्टामा ४३१ नयाँ संक्रमित र ११ जनाको मृत्यु भएको छ भने ३८८ जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!