Samajik Feed – News Portal from Nepal

करेन्ट लागेर एक जनाको मृत्यु

सामाजिक फीड, काठमाडौँ, २९ वैशाख । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका-९ रामनगरकी २८ वर्षीया कुसुम देवी महतोको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो । श्रीमानलाई करेन्ट लागेर जोगाउन जाँदा श्रीमतीको करेन्ट लागेर मृत्यु भएको हो । घर अगाडि ११ हजार भोल्टको तारमा वाइफाईको तार बेरिएर भुईँमा झरेको अवस्थामा […]

धनुषाको कमला नदीको तटमा विष्णु महायज्ञको मुख्य मण्डपमा आगलागी

सामाजिक फीडजनकपुरधाम, वैशाख २८ गते । धनुषाको कमला नगरपालिका ५ स्थित कमला नदीको तटमा सुरु भएको श्री विष्णु महायज्ञको मुख्य मण्डपमा आगलागी भएको छ । आज साँझहवन गर्ने मुख्य मण्डपमा आगलागी हुँदा श्रद्धालुहरुको भागाभाग भएको छ। बाँस र खरको प्रयोग गरि निर्माण गरिएको हवन मण्डपमा आगो लाग्दा पूर्णरुपले जलेको छ । श्रद्धालुको भागदौडमा लडेर एक […]

वीरगञ्ज महानगरका पूर्वमेयर सरावगीद्वारा एमाले परित्याग

सामाजिक फीड, वीरगन्ज । वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीले नेपाल एमाले परित्याग गरेका छन् । सरावगीले एमाले प्रवेश गरेको तीन वर्षमै राजीनामा दिएका हुन् । पार्टीभित्र आफ्नो मूल्याङ्कन नभएको भन्दै उनले अध्यक्ष केपीशर्मा ओलीको नाममा एक पत्र लेख्दै राजीनामा बुझाएका छन् । ०७८ सालदेखि नेकपा एमालेमा सक्रिय राजनीतिमा लागेको सरावगीले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने […]

स-शर्त अनुदानमा मधेश सरकारले विभेद गरेको माओवादीको आरोप

सामाजिक फीड, जनकपुरधाम, २७ वैशाख । नेपाल माओवादी केन्द्रले मधेश सरकारले सशर्त अनुदान वितरणमा विभेद गर्दै आएको आरोप लगाएको छ । मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले शुक्रबार अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र लेख्दै यस्तो आरोप लगाएका हुन् । आर्थिक वर्ष २०८०/८१ को स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरणलाई लिएर गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन् […]

जितपुर सिमरा -३ का वडा अध्यक्ष भ्रस्टाचार मुद्दामा दोषी ठहर

सामाजिक फीडजनकपुरधाम, बैशाख २८ गते । बाराको जितपुर सिमरा उप-महानगरपालिकाका वडाध्यक्ष भ्रस्टाचार मुद्दामा दोषी ठहर भएका छन । सेवाग्राहीसँग घुस लिँदैगर्दा रंगेहात जितपुर सिमरा उपमहानगरपालिका( ३ का वडा अध्यक्ष ताराबहादुर कार्की पक्राउ परेका छन । बिहीबार कार्कीलाई विशेष अदालतले दोषि ठहर गरेको हो। २०८० पुष २ गते हेटौंडास्थित अख्तियार टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका(३ का वडाध्यक्ष […]

मधेशमा डाँका चोरी बढ्यो

सामाजिक फीडजनकपुरधाम , बैशाख २८ गते । मधेश प्रदेशमा पछिल्लो समय चोरी र डाँका घट्नामा वृद्धि भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार २०८० साउनदेखि चैतसम्ममा १४ वटा डाँकाचोरीको घटना भएका छन् । २०७९–०८० मा तराईमा २६ वटा डाँकाचोरीका घटना भएका थिए । २०८० साउनयता ९ महिनामा १४ वटा डाँकाचोरी भएको भएको प्रदेश प्रहरी […]

सप्तरीमा बैंक लुट्न सुरक्षा गार्डको हत्या

सामाजिक फीड-जनकपुरधाम, वैशाख २७ गते । सप्तरीमा सप्तकोशी नगरपालिक–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ ।सप्तकोशी नगरपालिका २ का स्थायी बासिन्दा ५५ वर्षीय पर्शुराम फुँयालको बुधबार राति ३ बजेर १८ मिनेटमा हत्या भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । एनका अनुसार सिसीटिभी फुटेजमा एकजना व्यक्ति बैंक लुट्ने उद्देश्यले […]

जलेश्वरका मेयर साह र उपमेयर खातुनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरी, २७ वैशाख । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह र उपमेयर रौशन खातुनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले नगर प्रमुख साह र उपप्रमुख खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वडा नम्बर १ का अध्यक्ष अनिलकुमार झा, […]

धनुषामा करेन्ट लागेर घाँस लिन गएका युवकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, वैशाख २७ गते । धनुषामा घाँस लिन गएका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका २ धुमासन बस्ने जोगेन्द्र महतोका २३ वर्षीय छोरा अमरेश कुमार महतो रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो घाँस लिन निस्केका अमरेशको शव आज बिहान स्थानीय पदम लामाको खेतमा फेला परेको धनुषाका […]

धनुषामा ५ लाखभन्दा बढी रकम ओसार्न वित्तीय संस्थाले पालना गर्नुपर्छ यस्तो नियम

सामाजिक फीड-जनकपुरधाम, वैशाख २६ गते । धनुषा बैंक तथा वित्तीय संस्थाले ५ लाखभन्दा बढी रकम ओसार पोसार गर्न नयाँ नियम अपनाउनु पर्ने भएको छ । अब बैंक तथा वित्तीय संस्थाले ५ लाखभन्दा बढी रकम ओसार्न सुरक्षाकर्मी र बैंक गार्डका साथै चार पाङ्ग्रे गाडी र बाकसमा ताल्चा लगाएर ल्याउनुपर्ने नियम लगाइएको हो । जिल्ला प्रहरी कार्यालय […]

error: Content is protected !!