Samajik Feed – News Portal from Nepal

बारामा पेस्तोल र ७ राउण्ड गोलीसहित एक युवक पक्राउ

१८ पौष, जनकपुरधाम। बारामा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ परेको युवक भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला बस्ने ४० वर्षीय चन्दन कुमार रहेको सशस्त्र प्रहरीले जानकारी गराएको छ। सीमावर्ती नाका गुलरियाबाट आइतबार साँझ उनलाई एक थान पेस्तोल, म्याग्जिन र ७ राउन्ड गोलीसहित पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण […]

जेष्ठ प्रदेशसभा सदस्य न्यौपानेले लिए सपथ

१५ पौष, जनकपुरधाम। मधेश प्रदेशसभाका जेष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका हुन्। प्रदेश प्रमुख हरिशंकर मिश्रबाट बिहीबार प्रदेश प्रमुखको सचिवालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सांसद न्यौपानेले पद तथा गोपनीयताको सपथ लिएका छन्।अब न्यौपानेले शुक्रबार प्रदेशसभामा बाँकी १०६ सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउने भएको छ। samajik_feedsamajikfeed.com

मधेश कांग्रेस संसदिय दलको नेतामा कृष्ण यादव निर्वाचित

१३ पुष, जनकपुरधाम। मधेश कांग्रेस संसदिय दलको नेतामा कृष्ण यादव १८ मत ले निर्वाचित भएका छन्। उनले १८ ओटा मत प्राप्त गरे त्यस्तै प्रतिपक्षमा रहेको रामसरोज यादवले ४ मत प्राप्त गरेका हुन्। कुल मतदाता २२ ओटा थियो। कृष्ण मधेश प्रदेश पार्टी सभापति हुन् भने रामसरोज निवर्तमान संसदीय दलका नेता हुन्। सहमतिबाट नभएपछि दलको नेता छान्न […]

गृहमन्त्रालयले लगायो कडा नियम, अब नेताहरु संग भेट्दा स्वीकृति लिनुपर्ने

१४ पौष, जनकपुरधाम। सुरक्षा निकायका पदाधिकारीहरूले अबदेखि कुटनीतिक नियोग, राजनीतिक पार्टीका नेताहरूसँग भेट्नु परे स्वीकृति लिनुपर्ने जनाएको छ। गृहमन्त्रालयले कर्तव्य पालनाको सिलसिला बाहेक पनि कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने बताएको छ। गृहका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै कसैलाई भेट्नुपर्ने भए विभागीय स्वीकृति […]

जनकपुरको सिद्धार्थ शिशु सदन स्कुलले सामुदायिक विद्यालयलाई विभिन्न सामग्री सहयोग गरि ४२ औं वार्षिकोत्सव मनाए

१४ पौष, जनकपुरधाम। जनकपुरको संस्थागत विद्यालय सिद्धार्थ शिशु सदनले एक सामुदायिक विद्यालयमा अध्ययन, खेलकुद तथा फर्निचर सामाग्रीहरु हस्तान्तरण गरेका छन् । स्कूलले आफ्नो ४२ औं वार्षिकोत्वको अवसमार जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ स्थित शंकर आधारभूत विद्यालयलाई सो सामग्रीहरु सहयोग गरेको हो र विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गुणस्तरीय शिक्षासँगै शारीरिक तथा वौद्धिक विकासको लागि सो सामाग्रीहरु हस्तान्तरण […]

धनुषामा मोटरसाइकल दुर्घटनामा एक युवकले ज्यान गुमायो

१४ पौष, जनकपुरधाम। धनुषामा मोटरसाइकल पोलमा ठोक्किएर एक युवकले ज्यान गुमाएको छ। ज्यान जानेमा धनुषाको कमला नगरपालिका ८ हरिने बस्ने दुखी ठाकुरका छोरा २८ वर्षीय रामचन्द्र ठाकुर रहेको प्रहरीले जानकारी गराएको छ। बिहीबार बिहान विरेन्द्रबजार महिनाथपुर हुलाकी सडकखण्डको सहिदनगर नगरपालिका ६ हठीपुरमा ठाकुरले चलाइरहेको मधेश प्रदेश २-००६ प १८१९ नम्बरको मोटरसाइकल कलभर्टको पोलमा ठोकिएर दुर्घटना […]

चीनमा भयो ठुलो दुर्घटना, दुई सयवटा गाडी एक-आपसमा ठोक्कियो

१४ पौष, जनकपुरधाम। चीनको हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा दुई सयवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । बाक्लो हुस्सुका कारण उक्त दुर्घटना भएको हो अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ। ठूलो संख्यामा गाडी दुर्घटना भएपनि एकजनाको मात्र मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका हुन् ।दुर्घटनास्थलको फोटो र भिडियो हेर्दा थुप्रै गाडीहरु एकैठाउँ थुप्रिएका र एउटा […]

यादव नै बन्यो जसपा संसदीय दलको नेता, एक्कल उम्मेदवारी

१३ पौष, जनकपुरधाम। रामसहाय प्रसाद यादव जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित हुनु भएको छ। संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका हुन् । बस्नेतका अनुसार निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी रहेको बताउनु भएको छ । एकल उम्मेदवारी दर्ता भएका […]

वृद्धको आगोमा जलेर मृत्यु

१३ पौष, जनकपुरधाम। सप्तरीमा आगोमा जलेर एकजना वृद्धको मृत्यु भएको छ । लामखुट्टे धपाउन गोठघरमा बालिएको आगो सल्किँदा गोठमै आगो लागेपछि जलेर सप्तरीको बोदेबरसाइन नगरपालिका ४ का ८० वर्षीय मुक्ति राउतको मृत्यु प्रहरी ले जानकारी दिएको छ।प्रहरीका अनुसार घुरबाट गोठघरमा आगो सल्किँदा वृद्ध राउत गोठमै रहेको बाकसमाथि सुतिरहेकि थिइन । आगलागी भएको बेला सुतिरहेका उनले […]

जयनगरबाट आउँदै गरेको रेलमा किचिएर एकजनाको मृत्यु

१३ पौष, जनकपुरधाम। जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलमा चढ्ने क्रममा लड्दा वैदेही स्टेशनमा नगराइन नगरपालिका राघोपुरका ३५ वर्षीय पुरन सदाको किचिएर मृत्यु भएको छ । भारतको जयनगरबाट कुर्था आउँदै गरेको रेलमा किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी गराएको छ। वैदेही रेल्वे स्टेशनमा खुलीसकेको रेल्नमा चढ्न खोज्दा लडेपछि रेलले किचिएर दासको मृत्यु भएको प्रहरी […]