Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन २१ गते ।

सर्लाहीको मलंगवा स्थित एक विद्यालयमा एक युवकको शव फेला परेको छ । मलंगवा नगरपालिका वडा नं. ९ स्थित श्रीमती कृष्ण देवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवक मृत फेला परेका हुन् ।

विद्यालय भवनको वरण्डामा आज विहान स्थानीयले शवदेखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेर मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।

मृतकको शवमा कुनै प्रकारको घाउचोट नदेखिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारुले जानकारी दिए ।

घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!