Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन ७ गते ।

महोत्तरीमा एक प्रहरी नायव उपरीक्षक (डिएसपी) माथि आक्रमण भएको घटना बाहिरिएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त डिएसपी चन्देश्वर यादवमाथि आक्रमण भएको हो ।

घटना बिहीबार राति १० बजेको हो । महोत्तरीको जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा उनीमाथि आक्रमण भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार डिएसपी यादवको दायाँ खुट्टा फेक्चर भएको छ । ‘११ बजे राति घाइते अवस्थामा रहेको हामीलाई थाहा भएपछि अस्पताल भर्ना गराएका थियौं’ डिएसपी गिरीले भने ‘अहिले उहाँको उपचार काठमाडौं स्थित प्रहरी अस्पतालमा भइरहेको छ ।’
घटनास्थलमा बचाउ बचाउ भन्दै डिएसपी यादवले गुहार मागेका थिए । उनी किन रति त्यहाँ पुगेको र के कारणले घटना भयो भन्ने खुलेको छैन । घटना रहस्यमय भएकाले प्रहरीले ढाकछोप गर्न खोजेका थिए ।

घटनाको छानविन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य छानविन टोलि गठन गरेको छ । टोलि शनिबार घटनास्थल पुगेर निरीक्षण समेत गरेको थियो । छानविन टोलिका संयोजक एसपी श्रेष्ठले छानविन गरिरहेकाले अहिले केही भन्न नमिल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!