Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असर ३० गते ।

धनुषामा अवैध खोला उत्खनन गर्ने ६ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले क्षिरेश्वरनाथ नगरपालिकाको औरही खोला र जलाद खोलामा अवैध रुपमा बालुवा उत्खनन गर्ने ६ वटा ट्रयाकटर नियन्त्रणमा लिएको हो ।

ज. १ त ८५०३, ना. ६ त ५६४३, ज.१ त ५१३२, ज.१ त ४४७७, प्र.०३ ००१ त ७३२३ र ज. १ त ६३६७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!