Samajik Feed – News Portal from Nepal

बाराबाट विद्युत ट्रान्सर्फमर चोरी गरेको आरोपमा एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस १८ गते । बारा । विद्युत ट्रान्सफर्मर चोरी गरेको आरोपमा बारा प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला विन्धवा सोनीमा ग्राम बस्ने २२वर्षीय जैसिलाल यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । विद्युत ट्रान्सफर्मरको सामानसहित यादवलाई पचरौता नगरपालिका(५ टियर खोलामा लुकाइछिपाइ राखेको अवस्थामा पक्राउ गरेको हो। […]

जनकपुरमा दोस्रो अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने

सामाजिक फीड–जनकपुरधाम, पुस १७ गते ।जनकपुरधाममा दोस्रो अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । माघ १२ गते देखी जनकपुर स्पोर्टस् क्लव र नेपाल भिजनको आयोजनामा बाह्रविघा मैदानमा प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्राष्ट्रिय मान्यता अनुसार हुने संयोजक अम्भुप्रसाद साहले जानकारी दिए । यस प्रतियोगितामा धनुषा जिल्लाको सरकारी तथा नीजि विद्यालयहरुको सहभागिता […]

बिलबिजक कम बनाएर ल्याएको दुई करोड भन्दा बढी मूल्यको मालसमान बरामद

सामाजिक फीड-जनकपुरधाम, पुस १७ गते । बारा प्रहरीले बिलबिजक कम बनाएर २ करोड भन्दा बढी मूल्यको सामान राजस्व छली गरेर ल्याइएको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । पथलैया चोकमा चेकजाँच गर्ने क्रममा प्रहरीले वीरगन्ज भन्सारबाट काठामाडौँ तर्फ जाँदै गरेको ना।४ ख ८३५८ नं ट्रक नियन्त्रणमा लिएको हो । आइतबार राती १० इलाका प्रहरी कार्यालय सिमराबाट […]

महोत्तरीका प्रजातान्त्रिक आन्दोलनका योद्धा मिश्र रहेनन्

रासस-महोत्तरी, पुस १७ गते । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–३ का बासिन्दा उनको सोमबार राति निधन भएको हो । उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । पञ्चायतकालमा किशोरवयमै नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर नेता मिश्रले प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेको नेपाली कांग्रेस […]

सिरहामा अवैध रुपमा नदी उत्खननमा संलग्न रहेको आरोपमा पक्राउ परेका वडाध्यक्ष रिहा

सामाजिक फीड-जनकपुरधाम, पुस १५ गते । अवैध रुपमा नदी उत्खननको सिफारिस दिएको आरोपमा पक्राउ परेका परेका सिरहाको कर्जन्हा नगरपालिका–१ का वडाध्यक्ष नगर प्रमुखको जमानतमा रिहा भएका छन् । उनलाई कानुनी प्रक्रियाअन्तर्गत् आवश्यक परेका बेला उपस्थित हुने गरी नगर प्रमुख भोलाप्रसाद पोखरेलको जमानतमा आइतबार वन डिभिजन वन कार्यालय लहानले रिहा गरेको हो । उनलाई गत शुक्रबार डिभिजन […]

सिरहाबाट स्रोत खुलेको ८ लाख रुपैयाँसहित दुई युवक सशस्त्र प्रहरीको फन्दामा

सामाजिक फीड-जनकपुरधाम, पुस १४ गते । सिरहाबाट श्रोत नखुलेको ८ लाख रुपैयाँसहित दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सिरहाको बरियारपट्टीबाट बरियारपट्टि गाउँपालिका ३ बरियारपट्टीका १९ वर्षीय ओमनाथ नारायण मण्डल र धनगडीमाई नगरपालिका ७ का १९ वर्षीय ओम प्रकाश महतोलाई सशस्त्र प्रहरीले पक्रेको हो । भारतबाट नेपाल तर्फ साईकलमा आउँदै गरेको अवस्थामा दुबैजनालाई सशस्त्र […]

सिरहामा नदी दोहनमा संलग्न रहेको आरोपमा एक वडाध्यक्ष पक्राउ

सामाजिक फीड– जनकपुरधाम, पुस १४ गते । सिरहामा नदीजन्य पदार्थको अवैध तरिकाले दोहनमा संलग्न रहेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् ।कर्जन्हा नगरपालिका– १ का अध्यक्ष फणीन्द्रप्रसाद पोखरेललाई जिल्ला डिभिजन वन कार्यालयले पक्राउ गरेको हो । डिभिजन वन कार्यालयका अनुसार चुरे तथा वन क्षेत्रमा ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा ऐन, कानुन विपरीत सिफारिस गरेको आरोपमा […]

मिटरब्याज पीडित जिल्ला प्रशासन कार्यालय सिरहामा हुने छलफलमा नबस्ने

सामाजिक फीड-जनकपुरधाम, पुस १३ गते । मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालय सिरहामा हुने छलफ बहिस्कार गर्ने भएका छन् । प्रहरी प्रशासन मिटरब्याजीबाट प्रभावित भइ पीडितहरुको विपक्षमा देखिने गरेको भन्दै मिटरब्याज पीडितहरुले छलफलमा नबस्ने निर्णय गरेको हो । बिहीबार सिरहामा बसको संर्ष समिति सिरहाको बैठकले यस्तो निर्णय गरेको हो ।जिल्ला प्रशासन कार्यालयहरुमा अनुचित लेनदेन तथा (मिटरब्याज) […]

महोत्तरीमा ४० कठ्ठामा लागइएको गाँजा खेती नष्ट

सामाजिक फीड-जनकपुरधाम, पुस १२ गते । महोत्तरीमा ४० कठामा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ । एकडारा पालिका–५ बहेरामा दुई विघामा लगाइएको अवैध गाँजा खेती जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट पुगेको २५ जनाको प्रहरी टोलिले बिहीबार नष्ट गरेको हो । दुई विघा जग्गामा लगाइएको अन्दाजी ४० हजार गाँजाको बोट फडानी गरी स्थानीय भरभलादमीको उपस्थितिमा […]

सर्लाहिमा धमकाएर रकम असुलेको आरोपमा दुई जना पक्राउ

समाजिक फिडजनकपुरधाम, पुस १२ गते । सर्लाहिमा डरत्रास देखाएर जबर्जस्ति व्यपारी सँग चन्दा असुल गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन नगरपालिका(११ को बजार क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए। पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका( ७ घर भएका ४५ वर्षीय चेतनाथ अधिकारी […]