Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १६ गते

२३ वर्षीया किरण साहमाथि संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहलाई टेलिफोनमार्फत धम्की दिएको अभियोगमा तीनवटा फरक–फरक कसुरअन्तर्गत मुद्दा दायर गरिएको छ।

साहमाथि साइबर अपराध गरेको, संघीय सांसदलाई ज्यान मार्ने धम्की दिएको र झुटा सूचना फैलाएको अभियोगमा कारबाही अघि बढाइएको हो। पर्सा प्रहरी कार्यालयका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार उनी शनिबार वीरगन्जबाट पक्राउ परेकी थिइन्।

अदालतमा प्रारम्भिक सोधपुछपछि आइतबार उनलाई जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतले अनुसन्धानका लागि थप तीन दिनको म्याद दिएको छ। प्रहरीका अनुसार उक्त अवधिमा घटनासम्बन्धी थप अनुसन्धान जारी रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *