कांग्रेस मधेश प्रदेशका कोषाध्यक्ष प्रदीपकुमार यादवको निधन, शीर्ष नेताद्वारा श्रद्धाञ्जली

सामाजिक फीड-जनकपुरधाम, माघ २७ गते । मस्तिष्क घातबाट निधन भएको नेपाली कांग्रेस मधेश प्रदेशका कोषाध्यक्ष, हंसपुर नगरपालिकाका नगर प्रमुख तथा मधेश प्रदेश नगरपालिका संघका अध्यक्ष प्रदीप कुमार यादवप्रति नेपाली कांग्रेसका शीर्ष नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । नेपाली कांग्रेस मधेश प्रदेशका सभापतिसमेत रहेका मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, कांग्रेस नेता विमलेन्द्र निधि, महेन्द्र यादव, […]
सिरहा कारागार रातभर अशान्त

सामाजिक फीड-जनकपुरधाम, माघ २७ गते । सिरहा कारागारबाट पेस्तोल, गोली र नगदसहित कारागारका नाइके पक्राउ परेपछि उत्पन्न विवाद अझै मत्थर हुन सकेको छैन । २० घन्टाभन्दा बढी समय बितिसक्दा पनि कारागारको अवस्था शान्त हुन सकेको छैन ।गोप्य सूचनाका आधारमा सोमबार बिहान करिब ११ बजे गरिएको विशेष सर्च अपरेसनका क्रममा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक […]
वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा चारजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ २७ गते । वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा चारजना पक्राउ जनकपुरधाम । पर्साको वीरगञ्जमा सशस्त्र प्रहरी सहितको टोली अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले वीरगञ्जको आदर्शनगरथित अवैध गोदाममा छापा मार्न जाँदा स्थानीय व्यापारी […]
वीरगञ्जमा सशस्त्र प्रहरी र व्यापारीबीच झडप

सामाजिक फीड-जनकपुरधाम, माघ २६ गते । सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरमा रहेको एक गोदाममा छापा हानेको छ ।राजस्व छलीको सूचनापछि छापा हान्दा व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको हो । झडपमा परेर तीनजना सशस्त्र प्रहरी घाइते भएका छन् । सशस्त्रसहितको टोली विशेष सूचनाका आधारमा आदर्शनगरमा प्रमोद कुमार कानुले […]
परिक्रमा यात्री पुग्ने दिन महोत्तरीको विभिन्न पडावस्थल वरिपरि मासु तथा मदिराजन्य पदार्थको बिक्रीवितरणमा रोक

सामाजिक फीड-जनकपुरधाम, माघ २६ गते । मिथिला माध्यमिकी परिक्रमालाई लक्षित गर्दै महोत्तरी प्रशासनले विभिन्न पडावस्थलमा मासु तथा मदिराजन्य पदार्थको बिकी वितरण र सेवनमा रोक लगाएको छ ।जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिथिला माध्यमिकी परिक्रमालाई मर्यादित, शान्तिपूर्ण र धार्मिक वातावरणमा सम्पन्न गराउने उद्देश्यले परिक्रमाको रुट तथा पडावस्थल आसपासका क्षेत्रमा मासु तथा मदिराजन्य पदार्थको […]
जनकपुरधाम नगरक्षेत्रबाट निर्वाचन आचारसंहिता विपरितको प्रचारप्रसार सामग्री हटाइयो

सामाजिक फीड-जनकपुरधाम, माघ २५ गते । जनकपुरधाम नगर क्षेत्रमा लगाइएको निर्वाचन आचारसंहिताविपरीतको प्रचारप्रसार सामाग्री हटाइएको छ । सार्वजनिक स्थानमा टाँसिएका पोस्टर, ब्यानर, स्टिकर तथा झण्डा हटाइएको हो । निर्वाचन कार्यालयमा उजुरी परेपछि सम्बन्धित राजनीतिक दल र उम्मेदवारलाई प्रचार सामग्री हटाउन आग्रह गरिएको भएतापनि त्यसलाई बेवास्ता गरेपछि शनिबार जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र अनुगमन गर्दै एक हजार ५ […]
सप्तरीमा शंकास्पद वस्तु विस्फोट : घाइते चार बालकको सफल शल्यक्रिया

सामाजिक फीड-जनकपुरधाम, माघ २५ गते । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार भएको शंकास्पद वस्तुको विस्फोटमा परी घाइते चार जना बालकको सफल शल्यक्रिया गरिएको छ। घाइते बालकहरूको शरीरबाट शल्यक्रिया गरी छर्रा निकालिएको हो। दुधैला खोलामा बनभोज खान गएका बेला शंकास्पद विस्फोटक पदार्थ विस्फोट हुँदा उनीहरूको शरीरमा छर्रा लागेको थियो। घाइते बालकहरूको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा सफल […]
धनुषामा २५ वर्षीया महिलाको शव फेला

सामाजिक फीड-जनकपुरधाम, माघ २३ गते । धनुषामा सडक छेउमा एक महिलाको शव फेला परेको छ । औरही गाउँपालिका वडा नम्बर १ पौडेसरमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको हो । धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले महिलाको टाउकोमा घाउ देखिएकाले हत्या गरेर फालेको हुनसक्ने देखिएको बताए ।आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका […]
रास्वपाको स्टिकर टाँसिएको कारको ठक्करबाट बालिकाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ २२ गते । रौतहटमा गाडीको ठक्करबाट एक चार वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा अल्फा खातुन नाम गरेकी बालिका रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णुप्रसाद बस्यालले जानकारी दिएका छन्। उनका अनुसार बिहीबार दिउँसो करिब २:३० बजे इशनाथ नगरपालिका-३ अन्तर्गतको मठिया टोलमा उक्त दुर्घटना भएको हो। रास्वपाको स्टिकर टाँसिएको बा १५ […]
मधेस प्रदेशमा ६ महिनामा ५६ जनाको हत्या

सामाजिक फीड-जनकपुरधाम, माघ २२ गते । मधेस प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा ५६ जनाको हत्या भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार आर्थिक वर्ष २०८२-०८३ मा प्रदेशका ८ जिल्लामा ५६ जनाको हत्या भएको हो । जसमा २६ जना पुरुष, १८ जना महिला, ९ जना बालक र ३ जना बालिका छन् । मधेस […]