सामाजिक फीड-
जनकपुरधाम, फागुन २६ गते ।
पर्सा प्रहरीले दुई क्विन्टलभन्दा बढी प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ ।
जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको हो ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली समेतबाट खटिएको प्रहरी टोलीलाई देखेपछि सुपौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे।१ त ५७१४ नम्बरको ट्याक्टर छोडी चालक फरार भएका थिए ।
प्रहरीका अनुसार उक्त ट्याक्टर तलासी गर्दा २२ वटा प्लाष्टिकको पोकामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो ।
फरार ट्याक्टर चालकको खोजी गर्नाका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।