Samajik Feed – News Portal from Nepal

प्रधानमन्त्री ओली मधेश प्रदेशसभामा संवोधन गर्ने

सामाजिक फीड-जनकपुरधाम, चैत २१ गते । प्रधानमन्त्री केपी शर्मा ओली चैत २६ गते मधेश प्रदेशसभामा संवोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओली आगामी चैत २६ गते बस्ने प्रदेशसभा बैठकमा संवोधन गर्ने दलहरुबीच सहमति भएको छ । मधेश प्रदेशसभामा आज बिहान बसेको सर्वदलीय बैठकले प्रधानमन्त्रीको संवोधनको लागि सदनको गतिरोध हटाउने सहमति गरेको सभामुख रामचन्द्र मण्डलले जानकारी […]

जनकपुरमा चैते छठ पर्व उल्लासपूर्वक मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, चैत २१ गते । जनकपुरधाममा आज चैते छठ पर्व धुमधामका साथ मनाइँदै छ । श्रद्धालुहरूले आज साँझ अस्ताउँदै गरेको सूर्यलाई सन्ध्या अर्घ अर्पण गर्नेछन्, भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व समापन हुनेछ। चार दिनसम्म चल्ने छठ पर्वको पहिलो दिन नुहाएर चोखो भोजन गर्ने परम्परा छ। दोस्रो दिन पञ्चमीका अवसरमा खरना पर्व […]

मधेश प्रदेशसभाको गतिरोध हटाउन बसेको सर्वदलीय बैठक निकर्षविहीन

सामाजिक फीड-जनकपुरधाम, चैत २० गते । मधेश प्रदेशसभामा देखिएको राजनीतिक गतिरोध हटाउने प्रयास निष्फल भएको छ । बुधबार बसेको सर्वदलीय बैठक सत्ता पक्ष र विपक्षी दलबीच सहमति नजुट्दा निष्कर्षविहीन बनेको हो। गतिरोध हटाउन सभामुख रामचन्द्र मण्डलले सर्वदलीय बैठक बोलाएका थिए । तर, दुईपक्ष आ आफ्नो अडानबाट पछि नहट्दा बैठक विना निष्कर्श सकिएको हो । विपक्षी […]

मिथिलाञ्चलमा चैती छठको दोस्रो दिन आज खरना मनाइँदै

रासस-जलेश्वर, चैत २० गते । सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै छ । धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि सुरु भएको चैती छठ पर्वको आज दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर […]

महोत्तरीबाट २३५ किलो गाँजा बरामद, मिनीट्रक र चालक नियन्त्रणमा

सामाजिक फीड-जनकपुरधाम, चैत १९ गते । महोत्तरीको बर्दिबासबाट प्रहरीले २३५ किलो लागूऔषध गाँजा बरामद गरेको छ । बर्दिबास नगरपालिका ३ गौरीडाडाबाट गाँजासहित मिनिट्रक र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको छ । सोमबार साँझ पौने ७ बजे बिपी राजमार्गअन्तर्गत सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ५३७१ नम्बरको निलो मिनिट्रक जाँचका क्रममा गाँजा फेला परेको हो […]

महोत्तरीमा तीन वर्षीया बालिका बलात्कृत

सामाजिक फीड-जनकपुरधाम, चैत १८ गते । महोत्तरीको जलेश्वर नगरपालिका–३ मा तीन वर्षीया बालिका आफन्तबाट बलात्कृत भएकी छन् । प्रहरीले दिएको जानकारी अनुसार, आफन्तले खेलाउन लगेकी बालिकालाई घरमै बलात्कार गरेको खुलेको छ । घटनापछि गम्भीर अवस्थामा भेटिएकी बालिकालाई स्वास्थ्य परीक्षण र उपचारका लागि जलेश्वर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । आइतबार दिउँसो २ बजे घटना भएको […]

सर्लाहीका राहुलको हत्या आरोपमा ६ जना पक्राउ

सामाजिक फीड– काठमाडौं, चैत १८ गते । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा ६ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नमा सर्लाही, चक्रघट्टा गाउँपालिका–१ का २२ वर्षीय निपु मण्डल, गोकर्णेश्वर नगरपालिका–६ का १८ वर्षीय विजय यादव, गोकर्णेश्वर नगरपालिका–६ का १८ वर्षीय करन कुमार महतो, गोकर्णेश्वर नगरपालिका–५ का २३ वर्षीय जोधन मण्डल, […]

मुख्यमन्त्री सिंहद्वारा मिर्चैयाको १४ निजी अस्पतालको अनुगमन, १३ वटा बन्द गर्न निर्देशन

सामाजिक फीड-जनकपुरधाम, चैत १६गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा सिरहाको मिर्चेया नगरपालिकामा रहेका निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूको अनुगमन गरिएको छ। अनुगमनपछि १३ वटा स्वास्थ्य संस्था अवैध रूपमा सञ्चालनमा रहेको पाइएपछि बन्द गराइएको छ। मुख्यमन्त्री सिंहसहितको टोली शनिबार मिर्चैया पुगेपछि स्वास्थ्य सेवा सञ्चालन अनुमति नलिएका आठवटा अस्पताल र पोलिक्लिनिकका सञ्चालक तथा स्वास्थ्यकर्मीहरू फरार […]

सिराहामा दलितको घर भत्काउने पालिका अध्यक्ष र पूर्व वडाध्यक्ष धरौटीमा रिहा

सामाजिक फीड-जनकपुरधाम, चैत १६ गते । सिराहाको औरही गाउँपालिकामा महायज्ञका नाममा दलितको घरमा डोजर चलाएको घटनामा संलग्न आरोपमा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीपकुमार यादव धरौटीमा रिहा भएका छन्। शुक्रबार, सिराहा जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासले जनही एक लाख रुपैयाँ धरौटी माग गरेपछि उनीहरू धरौटी बुझाएर रिहा भएका हुन्। अदालतका स्रेस्तेदार […]

काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीको प्रदर्शन

सामाजिक फीड-जनकपुरधाम, चैत १५ गते । आज काठमाडौंमा दुई पक्षको प्रदर्शन भइरहेको छ । वर्तमान व्यवस्थाको पक्ष र विपक्षमा राजधानीमा एकैदिन दुई प्रदर्शन हुन लागेको हो । राजधानीको भृकुटीमण्डपमा समाजवादी मोर्चा (नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा) ले गणतन्त्रको पक्षमा र तीनकुनेमा राजावादी समूहले राजतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन् । राजावादी समूहमा […]