Samajik Feed – News Portal from Nepal

जनकपुरबाट फरार कैदी पक्राउ

सामाजिक फिड-जनकपुरधाम, बैशाख १९ गते । उपचार गराउन जनकपुरधाम ल्याएको बेला फरार भएका जलेश्वर कारागारका एक कैदी पक्राउ परेका छन् । महोत्तरी लोहारपट्टी नगरपालिका ९ का २१ वर्षीय कृष्णा यादवलाई २५ दिन पश्चात प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनलाई खोज तलास गर्ने क्रममा सोमबार राति १० बजे जलेश्वर नगरपालिका ३ स्थित मलिबारामा लुकीछिपी […]

जनकपुरबाट दुई चोर पक्राउ

टुडेपाटी-जनकपुरधाम, बैशाख १८ गते । जनकपुरबाट दुई चोर पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिर पछाडि रहेको जितेन्द्र ठाकुरको घरमा चोरी गर्ने क्रममा दुई चोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अन्य दुई चोर फरार भएका छन् । घरमा कोही नगरेको मौकाछोपी आइतबार मध्य राति मूल ढोकाको ताला फोडेर घरको दोश्रो तल्लामा चारजना […]

धनुषामा उपमेयर चढ्ने गाडीले किचिएर आफ्नै १४ महिने नातिनीको मृत्यु

सामाजिक फिड– जनकपुरधाम, बैशाख १७ गते । धनुषामा उपमेयर चढ्ने गाडीले किचिएर १४ महिने बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हंशपुर नगरपालिका ९ रुदौली बस्ने बिरेन्द्र मण्डलकी छोरी १४ महिने लक्ष्मीनिया कुमारी छन् । धनुषाको हंशपुर नगरपालिकाकि उपमेयर दुर्गा देवी मण्डल चढ्ने बा १६ च ९२६ नम्बरको सोमुले किचिएर यस्तो घटना भएको हो । […]

मिटरब्याजीको सम्पति सुद्धिकरण हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

सामाजिक फिड-जनकपुरधाम, बैशाख १७ गते । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मिटरब्याजीको सम्पति सुद्धिकरण हुने गरी कानुन संशोधन गर्न लागेको बताएका छन् । आइतबार जनकपुरधाममा अनुचित लेनदेन मिटरब्याज सम्बन्धि जाँचबुझ आयोगको केन्द्रय कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘मिटरब्याजीले असमान्य किसिमबाट सम्पति आर्जन गरेको लाग्यो भने तिनीहरुको सम्पति सुद्धिकरणमा लैजाने प्रावधान पनि […]

आज जानकी नवमी मनाइँदै

सामाजिक फिड-जनकपुरधाम , वैशाख १६ गते । आदर्श नारी सीताको आजकै दिन जन्म भएको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ । जसलाई जानकी जन्म महोत्सव पनि भनिन्छ । जानकीको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउँने गरिन्छ । वैशाख शुक्ल नवमीको दिन जानकी नवमीको रुपमा मनाइन्छ । जानकी नवमीको […]

भानुभक्तको सालिक निर्माण गर्न लागेको विरोधमा प्रदर्शन

सामाजिक फिड-जनकपुरधाम, बैशाख १५ गते । जनकपुरधामको भानुचोकमा आदि कवि भानुभक्तको सालिक निर्माण गर्न लागेको विरोधमा प्रदर्शन भएको छ । शुक्रबार साँझ मधेश केन्द्रित दलका युवाहरुले संयुक्त रुपमा टायर बालेर जनकपुरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा प्रहरीसंग समान्य झडप समेत भएको छ । मधेस आन्दोलनको मर्मविपरित भानुभक्तको शालिक निर्माण गर्न लागिएको भन्दै जसपा, लोसपा, […]

धनुषामा एकैदिन अपरिचित दुई पुरुषको शव भेटियो

सामजिक फिड-जनकपुरधाम, बैशाख १४ गते । धनुषामा एकैदिन छुट्टाछुट्टै स्थानमा एकयुवकसहित दुई पुरुषको शव फेला परेको छ । धनुषाको नगराईन नगरपालिका –४ स्थित सडक खण्डमा ५० वर्षीय र गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–१ ज्यामिरे खोलाको किनारमा २७ वर्षीय पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार दुबै मृतको […]

ससुरालीमै बोलाएर ज्वाइँको हत्या प्रयास

सामाजिक फिड-जनकपुरधाम, बैशाख १४ गते । महोत्तरीमा ससुराली पक्षले ज्वाइँको हत्या प्रयास गरेको घटना सार्वजनिक भएको छ । महोत्तरीको सोनमा गाउँपालिका ४ का २८ वर्षीय सन्तोष झाको हत्या प्रयास भएको हो । बोलाएपछि गत चैत २२ गते दिउँसो ससुराली घर महोत्तरीकै सोनामा गाउँपालिका १ पुगेका सन्तोषलाई ससुरा हिरण ठाकुर, सासु नगिना ठाकुर, सालो धर्मेन्द्र ठाकुर, […]

आज तीनवटा क्षेत्रमा मतदान हुँदै

सामाजिक फिड-जनकपुरधाम, बैशाख १० गते । खाली भएको तीनवटा प्रतिनिधिसभा क्षेत्रमा आज उपनिर्वाचन हुँदै छ । बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा उप निर्वाचन अन्तर्गत आज मतदान भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि […]

सरकारी बजेटमा काँग्रेसको धनुषा पार्टी कार्यालय भवन बन्दै

सामाजिक फिड-जनकपुरधाम, बैशाख ८ गते । सरकारी बजेटमा नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालय भवन निर्माण हुन लागेको छ । मधेश सरकारको ४० लाख रुपैयाँ बजेटबाट जनकपुरधामको पीडरिया माइस्थान नजिक काँग्रेसको धनुषा पार्टी कार्यालय निर्माणको थालनी भएको हो । आज एक समारोहकाबीच काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीले शिलान्यास गरेका हुन् । आर्थिक वर्ष २०७९÷०८० मा काँग्रेसका […]