सामाजिक फिड–
जनकपुरधाम, बैशाख १७ गते ।
धनुषामा उपमेयर चढ्ने गाडीले किचिएर १४ महिने बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हंशपुर नगरपालिका ९ रुदौली बस्ने बिरेन्द्र मण्डलकी छोरी १४ महिने लक्ष्मीनिया कुमारी छन् ।
धनुषाको हंशपुर नगरपालिकाकि उपमेयर दुर्गा देवी मण्डल चढ्ने बा १६ च ९२६ नम्बरको सोमुले किचिएर यस्तो घटना भएको हो । मृतक बालिका उपमेयरकी नातिनी हुन् ।
आज दिउँसो आफ्नै घरमा गाडी पछाडि गर्ने क्रममा किचिएर बालिकाको घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौतमले जानकारी दिए ।
प्रहरीले गाडी चालक शहिदनगर नगरपालिका–४ बस्ने ३० वर्षीय दीपेन्द्रकुमार रायसहित गाडी पनि नियन्त्रकण लिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।