Samajik Feed – News Portal from Nepal

सामजिक फिड-
जनकपुरधाम, बैशाख १४ गते ।

धनुषामा एकैदिन छुट्टाछुट्टै स्थानमा एकयुवकसहित दुई पुरुषको शव फेला परेको छ ।

धनुषाको नगराईन नगरपालिका –४ स्थित सडक खण्डमा ५० वर्षीय र गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–१ ज्यामिरे खोलाको किनारमा २७ वर्षीय पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार दुबै मृतको शव घटनास्थलको मुचुल्का गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

मृतक दुबैजनाको हालसम्म सनाखत हुन नसकेको छैन । प्रहरीले समाजिक संजालमा घटनास्थलसहित मृतकको शव राखेर पहिचान गर्न आग्रह गरेको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!