सवारीसाधनको दुरुपयोग बढेपछि चेकजाँचमा कडाइ

सामाजिक फीड-जनकपुरधाम, पुस २२ गते । सवारीसाधनको दुरुपयोग बढेपछि चेकजाँचमा कडाइ जनकपुरधाम । सवारीसाधनको दुरुपयोग बढेपछि रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका शंकास्पद सवारी साधनको चेकजाँच बढाएको छ । सोमबार चेकजाँचको पहिलो दिन शंकास्पद अवस्थामा रहेका १६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । कागजपत्र नभएका ४ वटा […]
पूर्व मन्त्री उमेश यादवले गरे जसपा नेपालमा प्रवेश

सामाजिक फीड-जनकपुरधाम, पुस २२ गते । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमन्त्री उमेश प्रसाद यादवले जनता सामाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । सप्तरी घर भएका यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् । तत्कालीन माओवादी जनसरकार प्रमुखसमेत बनेका उनी पूर्वलडाकु हुन् । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सप्तरी क्षेत्र […]
नुतन झा बनिन मधेश प्रदेशकी एक्ली महिला निर्वाचन अधिकृत

सामाजिक फीड-जनकपुरधाम, पुस २१ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत निुक्त भएका छन् । निर्वाचन आयोगले मधेस प्रदेशमा रहेको ३२ वटा निर्वाचन क्षेत्रसहित देशभरका १६५ वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृत नियुक्त गरेको हो । जसमा मधेस प्रदेशमा एक जना महिला मात्र निर्वाचन अधिकृतमा नियुक्त […]
रेशम चौधरीले पाएको सजाय माफी विरुद्धको रिटको सुनुवाइ आज हँदै

सामाजिक फीड-जनकपुरधाम, पुस २१ गते । मधेस आन्दोलनको क्रममा भएको टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतवाट दोषी ठहर भएर राष्ट्रपतिबाट सजाय माफी पाएका रेशम चौधरीविरुद्ध परेको रिटमा आज पेशी तोकिएको छ ।सर्वोच्चमा दर्ता भएको मुद्दाको सुनुवाइका लागि सोमबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको हो । १५ जेठ २०८० मा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र […]
दुर्घटनाले खोल्यो गाँजा ओसारपसार,फरार चालक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस २१ गते । सर्लाहीको कौडेना गाउँपालिका-३ स्थित पर्सा पोखरी नजिक हुलाकी सडकखण्डमा सोमबार दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। उक्त दुर्घटनामा संलग्न एक मोटरसाइकलबाट ठूलो परिमाणमा गाँजा बरामद भएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। बीआर ३० एफ १४६९ र बीआर ०६ सिएन ७४४२ नम्बरका मोटरसाइकल ठोक्किँदा बीआर ३० एफ १४६९ […]
सामुदायिक विद्यालयबारे सबभन्दा बढी गुनासो मधेश प्रदेशबाट आउँछ : शिक्षा मन्त्री पुन

सामाजिक फीड-जनकपुरधाम, पुस २० गते । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले मधेश प्रदेशका सामुदायिक विद्यालय, शिक्षक र विद्यालय व्यवस्थापन समितिबाट सबैभन्दा बढी गुनासो आउने गरेको बताएका छन्। साक्षर मधेश प्रदेश घोषणा तयारीसम्बन्धी एकदिवसीय गोष्ठीमा बोल्दै मन्त्री पुनले सातवटा प्रदेशमध्ये आधाभन्दा बढी गुनासो मधेश प्रदेशकै सामुदायिक विद्यालयसम्बन्धी आउने गरेको जानकारी दिए। उनका अनुसार विद्यालय […]
राजनीतिक दलमा लागेका चुनावी मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ: महासेठ

सामाजिक फीड-जनकपुरधाम, पुस २० गते । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले राजनीतिक दलमा आवद्ध मन्त्रीहरूलाई प्रधानमन्त्री शुशिला कार्कीले बर्खास्त गर्नुपर्ने बताएका छन्। आइतबार जनकपुरधाम स्थित आफ्नो निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासेठले अहिलेको सरकार चुनावी सरकार मात्र भएकाले राजनीतिक दलमा सक्रिय मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्ने बताए। उनीहरूले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनको भनाइ छ। […]
श्रोत नखुलेको १० लाख रकमसहित जनकपुरबाट एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस १६ गते । स्रोत नखुलेको १० लाख भन्दा बढी रुपैयाँसहित जनकपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी एकडारा गाउँपालिका–४ का स्थायी बासिन्दा ३५ वर्षीय रंजित कुमार साह छन् । उनी जनकपुरधाम उपमहानगरपालिका–४ स्थित माछा बजार स्थित किरणदेवी ठाकुरको घरमा डेरा गरी बस्दै आएको धनुषा प्रहरीले जनाएको छ । जल्ला […]
विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बन्यो भारत

सामाजिक फीड-जनकपुरधाम, पुस १५ गते । भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । जापानलाई उछिनेर भारत चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको हो । भारतको कुल ग्राहस्थ उत्पादन ४।१८ ट्रिलियन डलर बराबर पुगेको सरकारी तथ्याङ्हरुले देखाएका छन् । जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको भारत आगामी तीन वर्षभित्र जर्मनीलाई उछिनेर तेस्रो […]
रौतहटमा ग्यास लिक भएपछि सडक आवागमन रोकियो

सामाजिक फीड-जनकपुरधाम, पुस १४ गते । भारतको रक्सौलबाट एसलपीजी ग्यास बोकेर धनुषाको महेन्द्रनगर आउँदै गरेको ट्यांकर रौतहटमा दुर्घटना भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा सो ट्यांकर पल्टिएर दुर्घटना हुँदा चालक जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव गम्भीर घाइते भएका छन् । उनको चन्द्रनिगाहपुर सिभिल अस्पतालमा उपचार भइरहेको छ । एलपी ग्यास लिक हुन थालेपछि प्रहरीले […]