बारा र पर्सामा हैजाविरुद्ध खोप अभियान सञ्चालन

समाजिक फीड जनकपुरधाम, असोज २३ गते । सरकारले बारा र पर्सा जिल्लामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा, विश्व स्वास्थ्य संगठन (WHO) र युनिसेफको प्राविधिक सहयोगमा यो अभियान असोजदेखि कात्तिक महिनाभित्र सञ्चालन गरिनेछ। पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहहरू र बारा जिल्लाका ६ स्थानीय […]
सिराहामा बिहान ७ बजे बाट राष्ट्रिय परिचयपत्र बनाइँदै

समाजिक फीड जनकपुरधाम, असोज २३ गते । जिल्ला प्रशासन कार्यालय, सिराहाले राष्ट्रिय परिचयपत्र बनाउने समय तालिकामा परिवर्तन गरेको छ। सेवाग्राहीको अत्यधिक भीडका कारण अब यो सेवा बिहान ७ बजेबाट सुरु हुने भएको छ। दसैँ मनाउन घर फर्किएका नागरिकहरू राष्ट्रिय परिचयपत्र बनाउन कार्यालय पुग्दा भीड बढेपछि समय परिवर्तन गरिएको हो। सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज […]
सर्लाहीमा सर्पले टोक्दा महिलाको मृत्यु

समाजिक फीड जनकपुरधाम, असोज २३ गते । सर्लाहीमा सर्पले टोक्दा एक महिलाको मृत्युु भएको छ । जिल्लाको कौडेना गाउँपालिका–२, फूलपरासीमा सर्पदंशका कारण स्थानीय रवीन्द्र यादवकी ४२ वर्षीया श्रीमती नयनदेवी यादवको मृत्यु भएको हो । बुधबार दिउँसो महिलालाई गोमन सर्पले टोक्दा परिवारका सदस्यले उनलाई नजिकैको विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए।तर अवस्था गम्भीर बन्दै गएपछि […]
जनकपुरधाममा किशोरीको बलात्कार तथा बल्याकमेल गरेको आरोपमा युवक पक्राउ

समाजिक फीड जनकपुरधाम, असोज २३ गते । जनकपुरधाममा किशोरीलाई बोलाएर बलात्कार तथा बल्याकमेल गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाकै जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइलका २१ वर्षीय दीपक राउत रहेको प्रहरीले जनाएका छन् । प्रहरीले उनलाई गत मंगलबार पक्राउ गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी […]
मधेशमा नयाँ सरकारको लागि दाबी पेश

समाजिक फीड जनकपुरधाम, असोज २२ गते । मधेशमा काँग्रेस नेतृत्वमा सरकार बनाउन दाबी पेश गरिएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन काँग्रेस, एमाले र जनमतले बहुमत सांसदको हस्ताक्षर सहित दाबी पेश गरेको हो। दावी पेश गर्नु अघि मुख्यमन्त्री सतिशकुमार सिंहलाई कायम राखेको समर्थन एमालेले फिर्ता लिएको थियो । संविधानको धारा […]
नेकपा एमालेले मधेस सरकारबाट फिर्ता लिए समर्थन

समाजिक फीड जनकपुरधाम, असोज २२ गते । नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सतिशकुमार सिंह नेतृत्वको सरकारबाट बाहिने निर्णय गरेको छ।एमाले संसदीय दलका नेता सरोजकुमार यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए । उनका अनुसार आज नै एमालेबाट मन्त्री रहेका सबैजनाले मुख्यमन्त्रीलाई राजीनामा बुझाउने छन् । एमालेका मधेस प्रदेश अध्यक्ष […]
सर्लाहीमा प्रहरीलाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

समाजिक फीड जनकपुरधाम, असोज २२ गते । सर्लाहीमा प्रहरीलाई कुटपिट गरेको तथा प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा एक जना वडाध्यक्ष पक्राउ परेका छन् ।सर्लाहीको गोडैता नगरपालिका–७, का वडाध्यक्ष ४० वर्षीय छोटेलाल भन्ने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो । दासलाई मंगलबार सर्लाहीको बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट पक्राउ गरिएको सर्लाहीका प्रवक्ता प्रहरी नायव […]
मधेश सरकारको नेतृत्वमा किचलो जारी, मुख्यमन्त्री आफ्नै पार्टीले पाउनुपर्ने महन्थको अडान

समाजिक फीड जनकपुरधाम, असोज २२ गते । नेतृत्वबारे सहमती हुन नसक्दा मधेस प्रदेशमा नयाँ सरकार गठन अन्यौलमा परेको छ ।एकातिर साविककै गठबन्धनबाट सरकार पुनर्गठन गर्ने कि नयाँ गठबन्धन निर्माण गर्ने भन्ने अन्योल छ भने अर्कोतर्फ सरकारको नेतृत्व कसले लिने भन्ने विषयले राजनीतिक माहोल तातिएको छ। मुख्यमन्त्री सिंहलाई जनमत पार्टीले फिर्ता बोलाइसकेको पनि उनले अहिलेसम्म राजीनामा […]
महोत्तरीमा रातो नदिको तटबन्ध भत्किँदा १५ करोडको क्षति

समाजिक फीड जनकपुरधाम, असोज २२ गते । महोत्तरीमा रातो नदीको बाढीले तटबन्ध भत्काउँदा १५ करोड बराबरको क्षति भएको छ ।बाढी नियन्त्रणका लागि नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलका अनुसार रातो नदीले बञ्चौरीको दुई स्थानमा […]
बाढीपहिरोबाट मृत्यु भएका परिवारले दुई लाख, अस्थायी आवास बनाउन ५० हजार दिने सरकारको निर्णय

सामाजिक फीड-जनकपुरधाम, असोज २१ गते । शुक्रबार र शनिबार को भारी वर्षापछि आएको बाढी र पहिरोका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले प्रति परिवार दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। साथै, घरवारविहीन भएका परिवारलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को मंगलबारको […]