सामाजिक फीड-
जनकपुरधाम, मंसिर ११ गते ।
मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि पेसी न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको विषयलाई लिएर रिट दायर भएको थियो ।
रक्की साहसमेत दुई जना, अर्जुन शाह र नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव सहित ७४ जना प्रदेशसभा सदस्यले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
सोही रिट निवेदनमाथि न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा सुनुवाइ हुने छ ।
दुई वा दुईभन्दा बढी दलको सहमतिमा सरकार बन्ने अवस्था कायम रहेकै समयमा तत्कालीन प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा ठुलो दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री बनाएर संविधानको मर्म विपरीत काम गरेको रिट निवेदकहरूको जिकिर छ ।