Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर ११ गते ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोककुमार यादवले पार्टी पद सहित साधारण सदस्यतासमेत त्याग्दै राजीनामा दिएका छन्।
उनले आज जसपाका अध्यक्षसमक्ष औपचारिक पत्र बुझाउँदै पार्टीबाट पूर्ण रूपमा अलग हुने घोषणा गरेका हुन्।

यादवले हालको राजनीतिक परिस्थितिमा मधेसको विकास, अधिकारको रक्षा र जनताको अपेक्षा पूरा गर्ने काम मधेसकेन्द्रित दलहरूले गर्न नसक्ने आफूले अनुभूति गरेको उल्लेख गरेका छन्।

राजीनामा पत्रमा उनले लेखेका छन्, “मधेसी जनअधिकार फोरम नेपालबाट राजनीति सुरु गरी जनता समाजवादी पार्टीसम्म आइपुग्दा निरन्तर अन्याय, अत्याचार, शोषण र विभेदविरुद्ध आवाज उठाएँ। यस क्रममा कैयौँ पटक थुना, जेल र मुद्दा–मामिला भोग्नुपर्‍यो। त्यही यात्रामा आफ्नो ज्यानको समेत पर्वाह नगरी जिम्मेवारी वहन गर्दै आएको म आजको मितिबाट पार्टीका सबै जिम्मेवारी तथा साधारण सदस्यताबाट राजीनामा गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *