Samajik Feed – News Portal from Nepal

धनतेरसअघिको दिन सुनचाँदीको भाउ बढ्यो: सुन प्रतितोला २ लाख ५८ हजार, हालसम्मकै उच्च मूल्य

सामाजिक फीडजनकपुरधाम, असोज ३१ गते । धनतेरसअघि सुनचाँदीको भाउ आकाशियो, सुन प्रतितोला २ लाख ५८ हजारमा- हालसम्मकै उच्च मूल्य धनतेरसको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य आकस्मिक रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तोकेको छ, जुन हालसम्मकै सर्वाधिक मूल्य हो। अघिल्लो दिनको तुलनामा एकैदिनमा ७ […]

मुख्यमन्त्री सोनलको सरकार गठनसँगै नैतिक संकटमा

सामाजिक फीडजनकपुरधाम, असोज ३० गते । नवगठित मधेश सरकार नैतिक संकटमा परेको छ । बुधबार पाँचदलको ५६ जना सांसदको समर्थनमा लोसपा नेता जितेन्द्र सोलन मुख्यमन्त्री नियुक्त भएका छन् । संविधानाको धारा १६८ को उपधारा २ बमोजिम बुधबार साँझ उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । आजै नवनियुक्त मुख्यमन्त्री सोनलले प्रदेश प्रमुख […]

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शपथ लिए

सामाजिक फीडजनकपुरधाम, असोज ३० गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक विशेष समारोहका बीच मुख्यमन्त्री सोनललाई शपथ गराएकी हुन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनल पाँच दलका ५६ सांसदहरूको समर्थनमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त भएका थिए। उनी नागरिक उन्मुक्ति पार्टीको एक […]

जसपा नेपालका मधेस प्रदेशसभा सदस्य कुश्वाहा पुनः पक्राउ

सामाजिक फीडजनकपुरधाम, असोज ३० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहा पुनस् पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप खेप्दै आएका उनलाई पक्राउ गरेको हो ।सांसद विकास कोषको रकमबाट ३७ प्रतिशतसम्म कमिसन आफ्नो खातामा हालेको उनीमाथि आरोप छ ।मधेस प्रदेशको पूर्वगृहराज्यमन्त्री […]

बरहवा पुलबाट नदीमा हाम फालेका पुरुषको मृत्यु

सामाजिक फीडजनकपुरधाम, असोज ३० गते । रौतहटको गौर नगरपालिका–५ स्थित बरहवा पुलबाट नदीमा हाम फालेका अन्दाजी ३५ देखि ४० वर्ष उमेरका एक पुरुषको मृत्यु भएको छ। बुधबार साँझ करिब ५:१५ बजे ती व्यक्तिले नदीमा हाम फालेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रौतहट, सशस्त्र प्रहरी बल तथा वीर दल गणको टोली तुरुन्तै घटनास्थल पुगेको थियो। […]

निर्वाचन आयोग आज राजनीतिक दलसँग छलफल गर्दै

सामाजिक फीडजनकपुरधाम, असोज ३० गते । निर्वाचन आयोगले आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ ।आज बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा छलफल हुनेछ ।संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरुलाई छलफलमा बोलाइएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका हुन् । २९ राजनीतिक दललाई पत्र […]

लोसपाका प्रदेशसभा सदस्य सोनलको नेतृत्वमा सरकार बनाउन छ दलको दावी

सामाजिक फीडजनकपुरधाम, असोज २९ गते । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा सरकार गठनका लागि छ दलले दावी पेश गरेको छ । जनमत पार्टीको तर्फबाट मुख्यमन्त्री रहेका सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिनुअघि पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ […]

अनुसन्धान पुरा नहुँदै दलितको घर तोडेको आरोपमा पक्राउ परेका वडाध्यक्ष छुट्टे

सामाजिक फीडजनकपुरधाम, असोज २९ गते । सिरहामा दलित परिवारको घर तोडेको आरोपमा पक्राउ परेका एक जना जनप्रतिनिधि अनुसन्धान पुरा नहुँदै छुट्टेका छन् । सिरहाको कल्याणपुर नगरपालिका९८ अरङस्थित पोखरीको डिलमा बस्दै आएका दलित परिवारको घर तोडफोड घटनामा पक्राउ परेका वडाध्यक्ष रामकिशोर यादवलाई प्रहरीले सरकारी वकिलको अनुमतिमा सोमबार साँझ रिहा गरेको हो ।गत असोज १७ गते दिउँसो […]

महोत्तरीको जुवा खालबाट एक भारतीय नागरिकसहित पाँच जना पक्राउ

सामाजिक फीडजनकपुरधाम, असोज २९ गते । महोत्तरी प्रहरीले गौशालाको विभिन्न दुई स्थानमा जुवातास खेलिरहेका पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले एक ठाउँबाट तीन जना र एक ठाउँबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका १२ बस्ने ४२ वर्षीय सुरेन्द्र सिंह, ४२ वर्षीय राजेश्वर सिंह कुशवाहा, ३७ […]

मधेसका मुख्यमन्त्री सिंहले दिए राजीनामा

सामाजिक फीडजनकपुरधाम, असोज २८ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने प्रक्रिया अघि बढाउनु अघि नै पदबाट राजीनामा दिएका छन् । मंगलबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिस्थितिमा मार्ग प्रसस्त गर्नुपर्ने भन्दै मुख्यमन्त्री पदबाट राजीनामा गर्ने घोषणा गरे । सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १८८ को उपधारा […]