जनकपुरधामको आज अधिकतम तापक्रम ३५ डिग्रीसम्म पुग्ने

सामाजिक फीड– जनकपुरधाम, कार्तिक ९ गते । जनकपुरधाममा आज अधिकतम तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भैरहवा र जनकपुरधाममा अधिकतम तापक्रम ३५ डिग्रीसम्म पुग्ने छ । कार्तिक महिनाको दोस्रो साता चलिरहेपनि तराई मधेसको जिल्लाहरुमा गर्मी घटेको छैन् । विभागका अनुसार जनकपुरधामको न्यूनतम तापक्रम २० डिग्री सेल्सियससम्म रहने […]
सुशीला कार्की आज मन्त्रीपरिषद् विस्तार गर्दै, गुप्ता खेलकुद मन्त्री बन्दै

सामाजिक फीड– जनकपुरधाम, कार्तिक ९ गते । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्न लागेकी हुन । थपिन लागेका चार मन्त्रीले आइतबार दिउँसो साढे २ बजे शपथ लिन लागेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले अढाई बजेका लागि शपथको समय निर्धारण गरिएको जानकारी दिए । प्रधानमन्त्री कार्कीले खगेन्द्र सुनार, गणपतिलाल […]
तिहारपछि सुनचाँदी बजारमा भारी गिरावट, सुन प्रतितोला ११ हजार ६ सयले घट्यो

सामाजिक फीड– जनकपुरधाम, कार्तिक ९ गते । तिहारपछि सुनचाँदी बजार खुलेको पहिलो दिन आइतबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। आइतबार सुन प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। तिहारअघि, कात्तिक ३ गते, सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो। अघिल्लो […]
अन्तर्राष्ट्रिय बजारमा १२ वर्षयताकै ठूलो गिरावट,नेपालमा सुनको नयाँ मूल्य नतोकेको महासंघ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ७ गते । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत कात्तिक ३ गतेदेखि सुनको नयाँ मूल्य तोकेको छैन। सो दिन प्रतितोला सुनको मूल्य २ लाख ५३ हजार ५ सय रूपैयाँ निर्धारण गरिएको थियो। त्यसयता लगातार सार्वजनिक बिदा परेकाले मूल्य अद्यावधिक हुन सकेको छैन। उक्त अवधिमा भने अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षयताकै ठूलो गिरावट आएको छ। […]
भारतमा बस दुर्घटनापछि आगलागी, १० जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ७ गते । भारतको हैदराबादबाट बेंगलुरु गइरहेको एक यात्रुबाहक बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार दुर्घटनामा परेर केही यात्रु घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर छ। दुर्घटना शुक्रबार बिहान कर्नूल जिल्लाको टेकरू नजिक भएको हो।बसमा ४२ जना यात्रु सवार थिए। बीबीसी तेलुगूका अनुसार बस सुरुमा मोटरसाइकलसँग ठोक्किएर […]
मधेस प्रदेशमा छठ पर्वको अन्तिम दिन पनि सार्वजनिक बिदा

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ७ गते । मधेस प्रदेश सरकारले छठ पर्वको अन्तिम दिन अर्थात् कार्तिक ११ गते सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना सार्वजनिक गर्दै छठ पर्वको बिहानको अर्घ हुने कार्तिक ११ गते प्रदेश भर सार्वजनिक बिदा दिने जनाएको हो । मन्त्रालयका उपसचिव गणेश नायकले प्रदेश सरकारद्वारा […]
सप्तरीमा रुखबाट लडेर एक जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ७ गते । सप्तरीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । सप्तकोशी २ परसाहा घर भएका ६२ वर्षीय परशुराम पुवेलको रुखबाट लेडेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नो घरदेखि पश्चिम रहेको परसाहा सामुदायिक वनमा बिहीबार साँझ घाँस काट्न गएका पुवेलको सोही क्रममा कर्माको रुखको हाँगा भाँचि रुखबाट भुईमा लडी घटनास्थलमा मृत फेला […]
मधेस सरकार विस्तार एवं विश्वासको मत लिने सम्बन्धमा सत्तरुढ दलहरुको बैठक बस्दै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ७ गते । मधेस सरकार विस्तार एवं विश्वासको मत लिने सम्बन्धमा सत्तरुढ दलहरुको बैठक बस्दै जनकपुरधाम । मधेश प्रदेश सरकार विस्तार तथा विश्वासको मतबारे आज सत्तापक्ष दलहरूको बैठक बस्दैछ । रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार बिहान ११ बजेदेखि सत्ताघटक जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक बस्न लागेको हो […]
सर्लाहीमा प्रतिबन्धित लागूऔषध गाँजासहित दुई युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ६ गते । सर्लाहीमा प्रतिबन्धित लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कौडेना गाउँपालिका–१, सुन्दरपुरका १८ वर्षीय दिप नारायण ठाकुर र ३० वर्षीय लोजा बैठा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कौडेना गाउँपालिका–२, फुलपरासीस्थित हुलाकी राजमार्ग खण्डमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमान्डमा खटिएको […]
वीरगञ्जमा व्यापारीक प्रतिष्ठानमा आगलागी

सामाजिक फीड-जनकपुरधाम, कात्तिक ५ गते । पर्साको वीरगन्जस्थित एक व्यापारिक प्रतिष्ठानमा भीषण आगलागी भएको छ । बुधबार बिहान करिब सवा २ बजे वीरगन्ज महानगरपालिका १६ स्थित रोहित केमिकल ट्रेडर्स र रोहित सेल्स स्टोरमा उक्त आगलागी भएको हो । आगो निभाउन नेपाल र सशस्त्र प्रहरीकोसमेत गरी ४३ सुरक्षाकर्मीको टोलीले संलग्न थियो ।आगो वीरगन्ज महानगरपालिकाको दमकल, पोखरिया […]