Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर २४ गते ।

आगामी फागुन २१ मा हुने निर्वाचनमा समानुपातिक तर्फ ४३ वटा दल भाग नलिने भएको छ ।
उनीहरूले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन नै दिएका छैनन् ।
निर्वाचन आयोगका अनुसार १४३ वटा दल दर्ता छ, त्यसमध्ये एक सय दलले मात्र समानुपातिक तर्फ निर्वाचन प्रयोजनका लागि निवेदन दिएका छन् ।

आयोगले मंसिर २१, २२ र २३ मा समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय निर्धारण गरेको थियो । निर्धारित समयमा एक सय दलले समानुपातिक तर्फ निर्वाचन प्रयोजनका लागि निवेदन दिएका हुन् ।
आयोगको कार्यतालिका अनुसार प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गर्ने छ । पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने समय छ ।


प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गरिने छ भने प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानबिन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ ।

प्रतिनिधिसभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ । १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिने व्यवस्था छ ।
प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते गर्ने कार्यतालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *