सामाजिक फीड-
जनकपुरधाम, मंसिर २३ गते ।
राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागी धनुषा ३ को उम्मेदवारका लागि अध्यक्ष राजेन्द्र महतो र उपाध्यक्ष डा.राजीव झाको नाम सिफारिस गरेको छ ।
पार्टीको धनुषा जिल्ला अध्यक्षको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले दुवै नेताको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।
जिल्ला अध्यक्ष राजेश चौधरी ‘राजु’ का अनुसार दुवै जनाको नाम आजै केन्द्रमा सिफारिस गरेर पठाइनेछ । २०७४ मा भएको चुनावमा अध्यक्ष महतो कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए भने २०७९ को चुनावमा सर्लाहीबाट चुनाव लड्दा पराजय भएका थिए ।
त्यस्तै, उपाध्यक्ष झा पनि धनुषा–३ बाट लडने चर्चा छ । उनले धनुषा–३ बाट चुनाव लड्ने घोषणा समेत गरिसकेका छन् ।
यद्यपि उनले अध्यक्ष महतो यहाँबाट चुनाव लड्ने इच्छा देखाएमा आफूले समर्थन गर्ने बताए ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।