Samajik Feed – News Portal from Nepal

मधेशमा तस्करी नियन्त्रण : ९१ लाखको सामान र ४२ सवारीसाधन बरामद

सामाजिक फीड-जनकपुरधाम, साउन १४ गते। मधेश प्रदेशमा प्रहरीको सक्रियता तीव्र बनेसँगै भन्सार छलिका सामग्री तथा सवारी साधनहरू बरामद हुनुका साथै तस्करी नियन्त्रण उन्मुख देखिएको छ। पछिल्लो २४ घण्टामा मात्रै मधेश प्रदेशका विभिन्न जिल्लामा प्रहरीले ९१ लाख ६१ हजार ५६३ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ। बरामद सामग्रीहरू ढुवानी गर्न प्रयोग गरिएका ४२ वटा […]

रानी जमरा सिँचाइ आयोजना: १४ हजार हेक्टर भूमि सिंचित, ४.७१ मेघावाट बिजुली उत्पादन

सामाजिक फीड-जनकपुरधाम, साउन १३ गते l प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत सिँचाइ, जलविद्युत् उत्पादन र प्रसारण लाइनको उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा उपलब्ध गराउने योजनाको उद्घाटन गर्नुका साथै ४ दशमलव ७१ मेगावाट क्षमताको जलविद्युत् परियोजना र ३३ केभी प्रसारण लाइनको पनि […]

भण्डारी: पार्टी सदस्यबाट मलाई बञ्चित गर्नु पर्ने कुनै कारण छैन।

सामाजिक फीड-जनकपुरधाम, साउन ९ गते। पूर्व राष्ट्रपति तथा नेकपा एमाले नेतृ विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्दपूर्ण संवाद भएको बताएकी छिन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी सदस्यता नवीकरण गरिसकेको स्पष्ट पारिन् र आफूलाई पार्टी सदस्यबाट बञ्चित गरिनुपर्ने कुनै कारण नभएको बताइन्। च्यासलमा प्रधानमन्त्री तथा अध्यक्षज्यूसँग मेरो सौहार्दपूर्ण संवाद भएको थियो तर […]

सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाख बराबरको अवैध समान बरामद

सामाजिक फीड-जनकपुरधाम, साउन ९ गते। सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित एक पशुपालन फर्ममा सशस्त्र प्रहरी बल, नेपाल र मलंगवा भन्सार कार्यालयको संयुक्त विशेष टोलीले छापा मार्दै १ करोड ५८ लाख ५९ हजार रुपैयाँ बराबरको अवैध कपडा र चुरोट बरामद गरेको छ। गए राति ८:०५ बजे तुलसी पशुपालन फर्ममा गरिएको उक्त अपरेसनमा ३१ पोका अवैध कपडा र […]

मध्यपुर थिमीमा दुई दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला

सामाजिक फीडजनकपुरधाम, साउन ८ गते मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्दै आएका दुई दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। प्रहरीका अनुसार मृत भेटिनेमा सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल रहेका छन्। उनीहरू स्थानीय निरज चक्रधरको दुईतले घरको भुइँ तलामा डेरा गरी बस्दै आएका थिए। आज बिहान […]

कुरा राख्दै रास्वपा र राप्रपाले आजको बैठक पनि बहिष्कार गरे

सामाजिक फीड-जनकपुरधाम, साउन ७ गते। आज पनि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक बहिस्कार गरेका छन् । भिजिट भिषा प्रकरणलगायतका भ्रष्टचारको बिषयमा उच्चस्तरीय छानबिन माग गरिरहेका रास्वपा र राप्रपाले आजको बैठक पनि बहिस्कार गरेका हुन् । भिजिट भिषालगायत भ्रष्टचारका बिषयमा उच्चस्तरीय छानिबन आयोग गठन नभएसम्म संसदमा हाम्रो बिरोध रहिरहनेछ, संसदबाट […]

८ घन्टा सुत्न किन जरूरी? नत्र लाग्न सक्छन् यस्ता गम्भीर रोगहरू!

सामाजिक फीड-जनकपुरधाम, साउन ७ गते। रातको निद्रा हाम्रो स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ। यस समयमा, मस्तिष्कले पनि आराम गर्छ, आफैलाई मर्मत गर्दछ र दिनको मेमोरी भण्डारण गर्दछ। तर, अहिलेको जीवनशैलीमा मानिसहरु विशेषगरी युवाहरु राती अबेरसम्म जाग्ने गर्छन् । तर के तपाईलाई थाहा छ निन्द्राको कमीले हाम्रो मस्तिष्क अर्थात स्लीप एण्ड ब्रेन हेल्थलाई सिधै हानि पुर्‍याउँछ […]

अवतार ३ को पोस्टर सार्वजनिक, यसै वर्षको क्रिसमसमा हलमा आउँदै

सामाजिक फीड-जनकपुरधाम, साउन ७ गते। हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतार’को विश्वभर क्रेज छ । यो फिल्म विश्वको सबैभन्दा धेरै कमाउने फिल्म मध्ये एक हो । सन् २००९ मा फिल्मको पहिलो भाग रिलिज हुँदा फ्यानबाट निकै माया पाएको थियो । यस विज्ञानमा आधारित फिल्मको सफलता देखेर निर्माताहरूले यसको दोस्रो भाग ‘अवतारः द वे अफ वाटर’ […]

नेपालको वन क्षेत्र ४६.८ प्रतिशत पुग्यो, सरकारले सार्वजनिक गर्‍यो नक्सा

सामाजिक फीड-जनकपुरधाम, साउन ६ गते। राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्याण्ड कभर म्याप २०२०– २०२२ राष्ट्रिय भू– ढकान नक्शा आज राष्ट्रपति भवन शीतलनिवासमा सार्वजनिक गरेका छन् । वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्धारा प्रकाशित सो भू क्षेत्र नक्शा केन्द्रका निर्देशक डा राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन । सो अवसरमा राष्ट्रपति पौडेलले […]

झाडीभित्र लुकाइएको ब्रेजा कारबाट १३३ किलो गाँजा बरामद, चालक फरार

सामाजिक फीड-जनकपुरधाम, साउन ६ गते। रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले नेपाली नम्बरको ब्रेजा कारभित्र ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। ग ३ च ६७९६ नम्बरको ब्रेजा कारभित्र १३३ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्। ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले क्रेनको मधतबाट २० फिट तल खेतमा रहेको […]