Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन १८ गते l

रौतहटमा ठक्कर दिएर भागेको पिकअप गाडी र चालकलाई प्रहरीले बारा पथलैयाबाट नियन्त्रणमा लिएको छ। आइतबार बिहान साढे १० बजे विजयपुरबाट जंगलसैया जाँदै गरेको मोटरसाइकललाई को २ च ३२६३ नम्बरको पिकअपले ठक्कर दिँदा कटहरिया–५ निवासी ६० वर्षीय पूर्व असई सुशिलकुमार क्षेत्रीको मृत्यु भएको हो। उनकी श्रीमती रिता रोक्का घाइते छन्।

दुर्घटनापछि फरार गाडी सिसीटिभीका आधारमा पहिचान गरी मोरङ निवासी २४ वर्षीय चालक रमेश परियारसहित पक्राउ गरिएको हो। गाडी र चालकलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय विजयपुरमा ल्याइएको छ। प्रहरीको सक्रियता सर्वसाधारणले प्रशंसा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *